आजका प्रमुख खबरहरुः
१.(दिनदिनै बढ्दै)
नेपालमा कोरोनाबाट मृत्यु हुनेको २७ पुग्यो /पछिल्लो २४ घण्टामा ५ सय ९३ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो /२ हजार ६ सय ९८ जना उपचारपछि डिस्चार्ज ।
२.(कहाँ कति छन ?)
शुक्रबारसम्म पीसीआरबाट २ लाख ६ हजार २ सय ७१ र आरडिटीबाट २ लाख ९० हजार ३ सय ४९ वटा नमुना परीक्षण /देशभर ७१ हजार १२ क्वारेन्टिनमा /९ हजार ३० जना आइसोलेसनमा ।
३.(नेकपाको मन्थन)
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा नेकपाको स्थायी कमिटी बैठक पुष्पकमल दाहालको अध्यक्षतामा सञ्चालन / भारतको नेपालमा भएका हस्तक्षेपविरुद्ध नेताहरुले आवाज उठाए ।
४.(भारतले सुनेन् चीनको मिथ्या)
सीमा विवादमा वार्ताका लागि भारतलाई तीन पटक पत्र पठाउँदा पनि चासो नदिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई /चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार फर्जी कागज बनाएर आएको दाबी ।
५.(भारतको दादागिरी)
नेपाली भूमि कालापानी कब्जा गरेको भारतले लिपुलेकमा सडक निर्माणको कार्य रोक्न मानेन /नेपाली सेनालाई बाटो बनाउन भारतको अवरोध /खलङ्गा आउजाउ गर्नका लागि सेनाले बनाएको बाटो रोक्न भारतले नदीमा ठूला ढुंगा खसालिदियो ।
६.(रुकुममा लोहनीको राजनीति)
६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनाविरुद्ध बानेश्वरमा सडक बहस /दलित समुदायको हितका सामाजिक आन्दोलन नभएकै कारण घटना घटेको राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहोनीकोे भनाई ।
७.(प्रविधि मै पछाडि)
सबै स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरुमा इन्टरनेट पुर्याउन संसदीय समितिको सरकारलाई निर्देशन /सरकारी कागजपत्र र सूचनाहरुको चुहावट रोकी आधिकारिक माध्यमबाट मात्रै सूचना प्रवाह गर्न आग्रह ।
८.(मृत्युपछिको सक्रियता)
जनकपुर प्रादेशिक अस्पतालमा ज्यान गुमाएका राजु सदाको मृत्युबारे प्रदेश २ सरकारले छानबिन गर्ने /समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने /सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग दिने ।
९.(पीडितको आवाज)
विदेशमा अलपत्र बेखर्ची, गर्भवती र बिरामी नेपालीलाई निशुल्क ल्याउनुपर्ने माग राख्दै कांग्रेस सांसद डिला संग्रौलाद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण /चार्टर्ड विमानको चर्को भाडा निर्धारण गर्ने काम मन्त्रालयबाटै भएकाले संस्थागत मिलेमेतोको आशंका ।
१०.(कार्पेट होइन गुन्द्री)
क्वारेन्टिनहरुलाई सुरक्षित र व्यवस्थित बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई संसदीय समितिको निर्देशन/महंगा कार्पेट किन्नु भन्दा सीप भएका महिलाहरुलाई प्रोत्साहन गरी गुन्द्री प्रयोग गर्न सांसद गंगा चौधरीको आग्रह ।
११.(शवलाई नै अवरोध)
पोखरामा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयबीच भएको झडपको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण /शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह ।
१२.(गुणस्तरहीन सिमेन्ट)
नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा चार सिमेन्ट उद्योगलाई कारबाही /मापदण्ड पुरा नगरेका रिलायन्स, इन्टरनेशनल , अग्नी र सर्वोत्तम सिमेन्ट कम्पनीहरुको गुणस्तर प्रमाण चिन्ह स्थगन/ एभरेष्ट ग्यास र कमल रोलिङ मिल्सपनि कारवाहीमा ।
१३.(३ करोड जनता)
नेपालको जनसंख्या ३ करोड नाघ्यो /तथ्यांक विभागको वेभसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको /आजबाट नेपालको जनसंख्या ३ करोड छ भन्नु प्रमाणिक हुने तथ्याङ्क विभागको भनाई ।
१४.(शवको प्रतिक्षा)
मलेसिया र साउदीबाट नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत ३४ जना नेपालीको शव ल्याईंदै /विमास्थलमा आइपुगेका शव आफन्त लिन आउन नपाएमा वैदेशिक रोजगार बोर्डंले बुझेर घरसम्म निःशुल्क पु¥याइदिने ।
र,
१५.(कोरोनाले आक्रान्त)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ४ लाख ९२ हजार बढीको मृत्यु /९७ लाख ३४ हजार बढी संक्रमित /५२ लाख ६६ हजार बढी निको भए /अमेरिकामा कम्तीमा पनि २ करोड मानिस संक्रमित भइसकेको अनुमान ।