सञ्चार मन्त्रालयको ध्यानाकर्षण

३० चैत ७४, शुक्रबार
Share this
801shares

काठमाडौँ, ३० चैत ः साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउने काम सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

Advertisement

मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिसकेकाले त्यस्तो गलत, भ्रामक सूचनामा विश्वास नगर्न र आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट त्यस्ता गलत सूचना पोष्ट गरेको भए हटाउनसमेत अनुरोध गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top