नक्सा छाप्यो भनेर भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्यो : प्रधानमन्त्री ओली

१४ असार, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ । ६९ औं मदन जन्मजयन्तीका अवशरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताए ।

चीनसँगको टान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले अहिले नयाँ नक्सा जारी गरी संविधान संशोधन भएपछि पुन सरकार परिवर्तनको खेल सुरु भएको बताए । नयाँ नक्सा जारी गरेवाफत प्रधानमन्त्रीलाई हटाउँछु भन्ने सपना नदेख्न पनि उनले आग्रह गरे । उनले भने, ‘‘पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो किनकी हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भएर नक्सा जारी भयो । यस्तो अपराध गर्ने केपी ओलीलाई । बाहिरबाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्नेलाई दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस् त्यसैले निदेएश गर्छ कहाँ के भइरहेको छ । यहाँका होटलमा भइरहेका गतिविधिहरुले बताएको छ । दूतावासको सक्रियता यसले पनि बताएको छ । तर नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ ।’ तर हिजोको जस्तो होइन कसैले हतारो नगरेपनि हुन्छ र कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’’

Advertisement

प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको प्रयास जति भएपनि हिजोको जस्तै आजको भोली परिवर्तन हुनै नसक्ने बताए । उनले प्रधानमन्त्री बन्न हतार नगर्न पनि आग्रह गरे । पार्टी भित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो । प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उनले व्यक्त गरे । उनले भने–‘‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन् । तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैलाई आउने छैन् । किनभने भोलीपल्ट वर्खास्त हुन्छ । त्यसैले आजका लागि होइन भोलीका लागि । आफ्ना लागि देशका लागि । र हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता बहकाउनमा लाग्नेवाल पनि छैन् र नबुझ्ने अञ्जान खेलमा सामेल हुने पनि छैन् ।’’

ओलीले आफ्नो पार्टी र संसदीय दल कसैको बहकाउमा नलाग्ने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको गुमेको भूमि समेतको नक्सा नछापिएको बताए । उनले भने, ‘‘धेरैले प्वाइन्ट अफ नो रिटर्न । नक्सा छाप्ने कुरा । संविधान संशोधन गर्ने कुरा प्वाइन्ट अफ नो रिटर्न हो । मैले पनि प्वाइन्ट अफ नो रिटर्न नै गरेको हो । किनकी यो अभियानबाट हामी फिर्ता हुँदैनौँ । त्यहाँ प्वाइन्ट अफ नो रिटर्न राख्ने कुनै कुरा थिएन । यसकै लागि नक्सा सार्वजनिक गरिएको हो भन्ने गरेको छन । भूमि चाहियो प्वाइन्ट अफ नो रिटर्न । प्वाइन्ट अफ नो रिटर्न नै छैन् ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताए । राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै ओलीले मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन नआउने बताएका हुन् । आफैँ महंगा गाडी बढ्नेहरुले राष्ट्रपतिको आलोचना गरेको उल्लेख गर्दै उनले भने, ‘‘स्विडेनको राजा साइकलमा हिँड्छन् । उनी सौखका लागि हिड्छन् । उनी के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सौखको कुरा हो ।’’

प्रधानमन्त्री ओलीले आफु शासन गर्न नभएर देशको सेवा गर्न जन्मिएको बताए । कतिपयले आफुले लगाउने जुत्ताको समेत आलोचना गर्ने गरेको उल्लेख गर्दै उनले शासक हुन नभएर आफु देशको सेवाका लागि जन्मिएको बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top