‘वन्यजन्तु सप्ताह’ साताव्यापी कार्यक्रम सार्वजनिक

२९ चैत ७४, शुक्रबार

रत्ननगर, चितवन, ३० चैत ः ‘वन्यजन्तु सप्ताह २०७५’ को साताव्यापी कार्यक्रम सार्वजनिक गरिएको छ ।

हरेक वर्षको वैशाख पहिलो साता मनाइने उक्त कार्यक्रमअन्तर्गत यसपटक भने आठ दिन विभिन्न संरक्षणमूलक कार्यक्रम गरेर मनाउन लागिएको छ ।

पूर्वी चितवनमा रहेका विभिन्न संरक्षणमूलक संघ संस्था र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा मनाइने उक्त वन्यजन्तु सप्ताहअन्तर्गत यसपाली एक हप्तासम्म विभिन्न १० वटा कार्यक्रम आयोजना गरिने चितवन राष्ट्रिय निकुञ्ज पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

Advertisement

उनका अनुसार वन र वन्यजन्तुको संरक्षणमा चेतना दिने उद्देश्यले भोलि वैशाख १ बाट शुरु हुने सप्ताहअन्तर्गत विभिन्न क्षेत्रमा सरसफाइ, सचेतनामूलक कार्यक्रम र संरक्षण सम्बन्धि विभिन्न प्रदर्शनी आयोजना हुँदै छन् । यस्तै वन्यजन्तुको आनीबानी, बच्ने उपाए तथा डढेलो नियन्त्रणका कार्यक्रम र जिप सफारी लगायतका कार्यक्रम हुँदैछन् ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बाघ संरक्षण उपसमिति, वडा कार्यालय, जिप सफारी समिति, मृगकुञ्ज उपभोक्ता समिति, झुवानी सामुदायिक पुस्तकालय, पर्यावरणीय कृषक मञ्च, विभिन्न सामुदायिक वन, नेचर गाईड एशोसिएसन तथा वर्ड एजुकेसन सोसाइटीलगायत सौराहाका विभिन्न संघ संस्थाको सहभागितामा वन्यजन्तु सप्ताह मनाउन लागिएको हो ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top