सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली चल्दा डेढ दर्जन घाइते

१५ असार, सर्लाही ।
सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चलेको छ।

गोलीको छर्रा लागेर १८ जना भन्दा बढी घाइते भएका छन्। असार ७ गते हत्या गरिएका रामजल रायको हत्यारालाई कारबाही गर्नुपर्ने र क्षतिपुर्तीको माग गर्दै नेकपा कार्यकर्ता मसाल जुलुश निकालेको समयमा दुबैपक्षबीच झडप भएको हो। उनीहरुको अहिले सर्लाही अस्पताल मलंगवामा उपचार भइरहेको छ।

धनकौल बजारमा जुलुश निकालेका समयमा कांग्रेसका कार्यकर्ताले हतियारसहित आफुमाथि आक्रमण गरिएको घाइतेहरुले बताएका छन्। कांग्रेसका कार्यकता आफुमाथि नेकपाको कार्यकर्ताले आएर अचानक आक्रमण गरेको आरोप लगाएका छन्।

Advertisement

घाइते हुनेमा धनकौल २ रणधीर रंजन बर्मा, बैधनाथ सहनी र लक्ष्मण साह (वडा सदस्य) रहेका छन्।

उनीहरुको टाउको, हात, खुट्टा र गर्दनमा चोट लागेको छ। त्यसैगरी छर्रा लागेर घाइते हुनेहरुमा धनकौल ३ हरकठवाका रामचन्द्र हजारी नागेश्वर सहनी, महबुब अन्सारी, राकेश कुमार सिंह, रामविनय हजारी, बिलास राय, विजय साह, अरविन्द सिंह, सुनिल महतो, विजय साह, शेख इन्ताज, सुनिल साह, नितेश सिंह, संजित यादव र अरुण यादव रहेका छन्।

Advertisement

कांग्रेसका रणधीर रंजन बर्माले आफू बजारबाट तरकारी लिएर घर अगाडि बसिरहेको अवस्थामा अचनाक ४०–५० जनाको समूहमा आएका नेकपा कार्यकर्ताले कुटपिट गरेको बताएका छन्। उनले भने, बाँसको भाटाले आफूलाई उनीहरुले प्रहार गरेको थियो। टाउको, हात, खुट्टा र गर्दनमा चोट लागेको छ।

नेकपाका विजय सिंहले आफूहरु मसाल जुलुश निकालेको समयमा ढुङ्गा मुढा गर्दै कांग्रेसका कार्यकर्ताले गोली चलाएको आरोप लगाएका छन्। उनले भने, ुआफूहरु मसाल जुलुश गर्दै थियो। कांग्रेसीहरु अचानक गोली बर्साउन थाले। सबैजनालाई गोलीको छर्रा लागेको छ। केहीको टाउको समेत फुटेको छ।

दुई दर्जन भन्दा बढी गोली प्रहार भएको हो। हामी त्याहाँबाट नभागेको धेरैजना हातहात पनि हुन्थ्यो। दुई पक्षबीच झडप हुदाँ करिब १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिए। सबैको उपचार अहिले सर्लाही अस्पताल मलंगवामा भइरहेको छ। अवस्था समान्य छ।

दुबैपक्षबीच झडप हुदाँ गोली चलेको हो। उनले भने, कताबाट कसले गोली प्रहार गरेको हो त्यसबारे अनुसन्धान भइरहेको छ। एकजनालाई नियन्त्रणमा लिएका छौं। झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको थियो। स्थिति अहिले सामान्य छ। दुईजना प्रहरी जवानसमेत समान्य घाइते भएका छन्।

धनकौल गाउँपालिकामा यो भन्दा अगाडि पनि झडप भएको थियो। चिनी मिलको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top