×

NEPAL TIMES UPDATES

Playing
मधेसमा फोहोरी खेल ःराज्यमन्त्री थप्ने र सरकार ढाल्ने प्रवृत्ति|| Nepal Times
May 08, 2026
Playing
Passport Index कुन देशको पासपोर्ट पावरफुल ? सिंगापुर शीर्षमा|| Nepal Times
May 08, 2026
Playing
Top 15 Afternoon News || May-08-2026 || Nepal Times
May 08, 2026
Playing
प्रधान न्यायाधीश सिफारिसपछि सर्वाेच्चमा हलचल, वरीयता मिचियो भन्दै रिट|| Nepal Times
May 08, 2026
Playing
मृ*त्युद*ण्डको सजाय पाउने गरी चिनियाँ २ मन्त्रीले के गरे ?|| Nepal Times
May 08, 2026
Playing
कम परिमाण राखेर उपभोक्तालाई तेलमा ठ गेपछि || Nepal Times
May 08, 2026
Playing
यु द्ध रोक्ने सम्झौता नजिक पुग्दा होर्मुजमा Missile र Drone बर्सिए || Nepal Times
May 08, 2026
Playing
बालेनले शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरे ? यस्तो छ कारण || Nepal Times
May 08, 2026
Playing
इटहरी, धरान र दमकलगायतका पालिकामा ’डोजर आ*तंक’ || Nepal Times
May 08, 2026
Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026

मेलम्चीकाे पानी असारको अन्तिम सम्ममा सुरुङमा पठाउने तयारी

१५ असार २०७७

१५ असार, काठमाडौं ।

मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरबको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो ।

Advertisement
Advertisement

सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

सुरुङमा पठाइए पनि पानी काठमाडौँ उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार सुरुङको परीक्षणकै लागि केही समय लाग्नेछ । पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उनले बताए । उनले भने– ‘पानी भरिसकेपछि कुनै चुुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिन्छ ।’

सुरुङभित्र अहिले तीन मुख्य र अर्को एउटा गरी चार गेटहरुको अन्तिम काम भइरहेको छ । सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो ।

उपत्यकामा पानी झारेपछि पनि यहाँ जडान भएका पाइपहरुको परीक्षण हुने प्रवक्ता शाक्यले बताए । आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ । अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ । ठूलो परिणाममा पानी पठाउनुपर्ने भएकाले पूर्णरुपमा भने मेलम्चीको पानी आएपछि नै परीक्षण गर्न सकिने उनले बताए । उनले भने– ‘नयाँ बनेका प्रणाली परीक्षण हुँदा केयुकेएलको पुरानो प्रणलीबाटै पानी वितरण हुनेछ ।’

अहिले उपत्यकामा पानीको चुहावट झण्डै ३० देखि ४० प्रतिशत रहेको अनुमान गरिएको छ । पानीको मात्रा बढ्दा चुहावट पनि बढ्ने उनले बताए । परीक्षणका क्रममा नयाँ प्रणालीमा रहेका चुहावट मर्मत गरेर त्यसमा पानी पठाउनका लागि तयार गरिनेछ । सुख्खा मौसममा दैनिक १७ करोड लिटर भनिएपनि वर्षामा मेलम्चीबाट दैनिक २२ करोड लिटरसम्म पानी आउनेछ । उपत्यकाभित्रै रहेका स्रोतबाट पनि दैनिक २० करोड लिटर पानी हुँदा त्यसको व्यवस्थापनका लागि योजना बनाइएको उन्को भनाइ छ । उन्ले भने– ‘मन्त्रालय, केयुकेएल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलगायतका संस्थाका प्रतिनिधिसम्मिलित समिति व्यवस्थापनको तयारी गरिरहेको छ ।’

आयोजनाको उद्घाटन भने कुन दिनमा गर्ने भनी टुङ्गो लगाइएको छैन । सुरुङमार्गमा पानी पठाइएको दिनमा गर्ने वा सुन्दरीजलमा पानी पठाएको दिन गर्ने भनी छलफल भइरहेको मन्त्रालयले जनाएको छ । सुरुङमार्गको निर्माण सकिएर पानी पथान्तरणको तयारी भइरहँदा ‘हेडबक्स’ निर्माण भने सकिएको छैन । पानी पथान्तररण भइरहँदा हेडबक्स निर्माणको काम भइरहने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । हेडबक्समा झण्डै दुई महिनाको काम बाँकी रहेको उनले बताए । ‘हेडबक्स’ निर्माणमा कङ्क्रिटिङ बाँकी रहेको छ । त्यो सकिएपछि स्वचालित उपकरण जडानको काम हुनेछ । उनले भने– ‘अहिले पनि काम त्यहाँ भइरहेको छ ।’

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

आयोजनाले बन्दाबन्दीको कारण सामान्य अवस्थामा जसरी काम गर्न सकेको थिएन । बन्दाबन्दी हुनासाथ यहाँ कार्यरत अधिकांस नेपाली मजदूर निर्माणस्थल छाडेका थिए । सरकारले माथिल्लो तामाकोशीसँगै यो आयोजनाको निर्माण निरन्तरता दिने निर्णयसँगै कतिपय कामदार थपिएका छन् । प्रशासनले पास उपलब्ध गराएपनि समयसमयमा हेलम्बु गाउँपालिकाले पनि सङ्क्रमण फैलने भन्दै आयोजनामा ओहोरदोहोर रोकेको थियो ।

मन्त्रालयले भने असारमै सुरुङमा पानी पठाउन सकिने बताउँदै आएको छ । आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बीना मगरले मेलम्ची आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको बताएका थिए । आगामी आवको शुरुमै मेलम्चीको पानी सुरुङमा परीक्षण गरी उपत्यकामा वितरण गरिने उनको भनाइ थियो ।

Advertisement
Advertisement

बन्दाबन्दीको कारण आयोजनाको काम प्रभावित बनेको छ । आयोजना निर्माणको काम झण्डै डेढदेखि दुई महिना प्रभावित बनेको आयोजनाले जनाएको छ । बन्दाबन्दीको अवधिमा जनशक्ति अभाव र निर्माण सामग्रीको अभावका कारण अपेक्षा गरेअनुसार काम हुन सकेन । यो अवधिमा एक तिहाई मात्रै निर्माण भएको थियो ।-सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top