१६ असार, विराटनगर ।
मोरङको धनपालथान गाउँपालिकामा खेत जोत्ने ट्रयाक्टर पल्टिँदा च्यापिएर सोमबार एक जनाको मृत्यु भएको छ । आफैँले जोतिरहेको ट्याक्टर पल्टिएर चेप्दा धनपालथान गाउँपालिका–६ का २२ वर्षीय सजाद मियाँको घटनास्थलमा नै मृत्यु भएको हो ।
धनपालथान–५ का लखना रायको खेतमा खेताला गएका मियाँलाई दिउँसो अन्दाजी ३ बजेको समयमा आफुले जोतिरहेको को. २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिएर किच्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईप्रका रंगेलीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई लासजाँच मुचुल्का लगायतको सम्पूर्ण कानुनी प्रकृया पुरा गरीे लास पोस्ट मार्टमको लागी रंगेली अस्पताल पठाएको र ट्याक्टर घट्ना स्थलबाट ईप्रका रंगेलीमा ल्याइएको प्रहरीले जनाएको छ ।।