कतारमा पाँच जना भन्दा बढी भेला हुन नपाइने

१५ असार ७७, मंगलबार

योगेन्द्र योगी
१६ असार, दोहा ।

कोरोना भाइरस नियन्त्रणका लागि कतारमा पाँच जना भन्दा बढी मानिस भेला नहुन विपत्ति व्यवस्थापन समितिले आग्रह गरेकाे छ। कतारी नागरिक तथा आप्रवासीहरुले सावधानिका उपायहरु नअपनाएकाले संक्रमण बढ्दै गएको भन्दै यस्तो निर्णय गरिएको समितिले जनाएको छ ।

प्रतिबन्ध हटाउन जुलाई १ देखि दोश्रो चरण लागू हुने समितिले जनाएको छ भने कतारले चार चरणमा कोरोनाको प्रतिबन्ध हटाउने तयारी गरेको जनाएको छ ।

Advertisement

जुलाई १ देखि ५ जना सम्म भेला हुन दिने,सिमित समयका लागि मलहरु खुल्न दिइने, मार्केट तथा होलसेल मार्केट सिमित समयका लागि खुल्न दिइने, कम मानिस जम्मा हुने केही रेस्टुरेन्टहरु खुल्ने, यस विषयमा उद्योग तथा बाणिज्य मन्त्रालयले सूचना जारी गर्ने, संग्रहालय र लाइब्रेरी सिमित मानिसका लागि सिमित समयका खोलिने, आवश्यक सावधानी अपनाएर कार्य क्षेत्रमा ५० प्रतिशत कामदारले काम गर्न पाउने जनाएको छ ।

नीजि मेडिकलहरु ६० प्रतिशत क्षमताले खुल्न पाउने, १० जना भन्दा कमले खुला क्षेत्रमा तथा जिम सेन्टरमा अभ्यास गर्न पाउने र ५ वटा प्राथनाका लागि मस्जिदहरु खुल्ने समितिले जनाएको छ ।

Advertisement

त्यसै गरी अगस्ट १ देखि तेस्रो चरण लागू हुने छ भने प्राथमिकतामा रहेका आप्रवासी कामदारहरु कतार आउन पाउने र फर्किएहरुले व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्नेछ ।

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्नेछ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top