स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित काठमाण्डौबाट दुई जना पक्राउ

स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित काठमाण्डौबाट दुई जना पक्राउ

१६ असार, काठमाडौं ।
स्रोत नखुलेको ६५ लाख आठ हजार रुपैयाँ सहित दुई जना काठमाण्डौबाट पक्राउ परेका छन् ।

भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाण्डौ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

उनका अनुसार अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.