हिमालय एयरलाइन्स र चिनियाँ कम्पनी हुवावेबीच रणनीतिक सम्झौता

१६ असार, काठमाडौं । हिमालय एयरलाइन्स् र चिनिया बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावे क्लाउडबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

हिमालय एयरलाइन्सलाई दक्षिण एसियाको एक अग्रणी वायुसेवाका रूपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको कम्पनी जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधिका उपज र समाधानका उपायहरुबाट अधिकतम लाभ लिने क्रममा हुवावेले हिमालय एयरलाइन्स्लाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवामार्फत् यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदान गर्ने जनाइएको छ ।

Advertisement

सम्झौतापत्रमा हिमालय एयरलायन्सका अध्यक्ष झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेङ्ग सुइजेनले हस्ताक्षर गरेका छन् ।

Advertisement

कम्पनीका अध्यक्ष इन्योङ्गले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ र यात्रुहरुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रममा दुवै संस्थाहरुलाई बधाई दिदैँ नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय संचार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बी.आर.आई) का नयाँ चुनौती र परिस्थितिहरुलाई सामना गर्न यो सम्झौता वास्तवमै सक्रिय कदम रहेको बताएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top