नेकपाको सत्ता–संघर्ष उत्कर्षमा, प्रधानमन्त्री ओलीमाथि नैतिक दबाब

काठमाडौँ : बैशाख तेस्रो साता उठेको र पार्टीभित्र देखिएको तत्कालीन नयाँ ‘समीकरण’ पछि मत्थर भएको सत्तारुढ दल नेकपाभित्रको सत्तासंघर्ष उत्कर्षमा पुगेको छ । स्थायी कमिटीको मंगलबारको बैठकमा पार्टी अध्यक्षसहित सचिवालय सदस्य र स्थायी कमिटी सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्रको शक्तिसंघर्ष नयाँ चरणमा प्रवेश गरेको देखिएको हो ।

Advertisement

एक साताअघि सुरु भएको स्थायी कमिटी बैठकका नियमित एजेन्डामा छलफल भइरहेका बेला पछिल्लोपटक आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र, काठमाडौंस्थित भारतीय दूतावास र आफ्नै पार्टीका केही नेता लागेको अभिव्यक्ति दिएपछि स्थायी कमिटीमा त्यसमाथि चर्को प्रतिक्रिया आएको हो ।

सरकारले दुई विवादास्पद अध्यादेश जारी गरेपछि गत बैशाख तेस्रो साता नेकपा सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।

Advertisement

तर, बैठक चल्दै गर्दा नेता गौतमले अन्तिम समयमा ‘राजीनामा दिन नपर्ने’ बताएपछि त्यसबेला नेकपाभित्रको संघर्ष टरेको थियो । त्यसबेला दुवैपक्षले संसदीय दलमा बहुमत पुर्‍याउन हस्ताक्षर अभियानसमेत सुरु गरेका थिए । तर, बदलिएको शक्ति सन्तुलनपछि राजीनामाको विषय सेलाएको थियो ।

आइतबार प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र लागेको सार्वजनिक अभिव्यक्ति दिएपछि यो मुद्दा जारी स्थायी कमिटी बैठकमा प्रमुखताका साथ उठेको हो । स्थायी कमिटीमा दाहाल–नेपाल पक्षको बहुमत छ । यही समूहले राजीनामा मागेपछि प्रधानमन्त्री ओलीमाथि नैतिक दवाव सिर्जना भएको छ । यद्यपि मंगलबार प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् ।, याे खबर कान्तिपुर दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top