×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

१७ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बढ्ने क्रम यथावत)
नेपालमा कोरोना भाइरसबाट अछामका थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या ३० पुग्यो /बुधबार ४ सय ८२ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ जना पुग्यो / आज एकैदिन १४ सय ६२ जना डिस्चार्ज ।

Advertisement

२.(कोरोनाको खबर)
पीसीआरबाट अहिलेसम्म २ लाख ३३ हजार २ सय २७ र आरडिटीबाट ३ लाख ६ सय २० जनाको नमुना परीक्षण/देशभर ४८ हजार ३ सय ६२ जना क्वारेन्टिनमा/९ हजार ३ सय ६० जना आइसोलेसनमा ।

३.(जोखिममा बालबालिका)
बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन सरकारको आग्रह /१४ हजार बढी संक्रमित मध्ये २ हजार ६१ जना बालबालिका /सुदूरपश्चिममा भारतबाट आएका १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका बालबालिका ।

४.(राजीनामा केन्द्रित बैठक)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको जारी बैठक ५ जना सदस्यले आफ्नो धारणा राखेपछि स्थगित /बैठकमा बोल्ने नेताहरुले पनि मागे प्रधानमन्त्री ओलीको राजीनामा /बैठक बिहीबार फेरी बस्ने ।

५.(बेथितीविरुद्धको प्रर्दशन)
एमसीसी, भ्रष्टाचार, र बेथितिको विरोधमा बुधबार पनि विभिन्न समूहद्वारा काठमाडौमा प्रदर्शन /एमसीसी खारेज गर्न, बैंकको ब्याज घटाउन, पीसीआर टेस्ट बढाउन, भ्रष्टाचारीलाई कारबाही गर्न माग ।

६.(किचलो अन्त्यको उपाय)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न पर्यटनमन्त्री योगेश भट्टराईको सुझाव/ मृत्युलाई जितेर आएका नेताहरुलाई विभाजन तिर नभई सहमति र एकतालाई सुदृढ बनाएर जान आग्रह ।

७.(कांग्रेसमा शोक)
नोपली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा शोक प्रस्ताव पारित /कार्यसमिति बैठक आगामी आइतबारसम्मका लागि स्थगित ।

८.(शोक प्रस्ताव पारित)
नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै दुवै सदनको बैठक स्थगित /प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते र राष्ट्रियसभाको बिहीबार दिउँसो १ बज बस्ने ।

९.(इनफ इज इनफ)
कोरोना रोकथाममा प्रभावकारी काम गर्न माग गर्दै अनशनमा बसेकाहरुको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगको सरकारलाई आग्रह /पाटन दरबार क्षेत्रमा चार जना रिले अनशनमा /दुई जना अस्पताल भर्ना /इनफ इज इनफ अभियानका १० जना प्रदर्शनकारी बालुवाटारबाट पक्राउ ।

१०.(एकादशीमा आराधना)
आज हरिशयनी एकादशी /घरघरमा तुलसी रोपेर भगवान विष्णुको पूजा आराधना गरि मनाइयो /आज निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास ।

११.(लुक्दैन अपराध)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाही पक्राउ / शाहीमाथि पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा वम विस्फोट गराएको आरोप ।

१२.(सलहको संख्या)
नेपालमा बुधबारसम्म ७० लाख बढी सलह किरा भित्रिए /हालसम्म २४ वटा जिल्लामा धेरैको संख्यामा सलह पुगेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्क /केही जिल्लाका मकै र धान बालीमा क्षति ।

१३.(किर्तिमानी सुन)
सुनको मुल्यले फेरि बनायो नयाँ किर्तिमान/बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च प्रतितोला ९१ हजार ७ सय र चाँदी ९ सय ६० रुपैयाँ कायम ।

१४.(सेयरमा सुधार)
कारोबार खुलेको डेढ घण्टा नपुग्दै शेयर बजार ६ प्रतिशतले बढेपछि सर्किट ब्रेक लाग्दा कारोबार बन्द /बुधबार पनि शेयर बजारमा छलाङ हान्दै ७५ अंकले बढेसँगै नेप्से १३ सय ३६ अंकमा पुग्यो ।

र,

Advertisement

१५.(महामारीको तथ्य)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ५ लाख १४ हजार बढीको मृत्यु / एक करोड ६ लाख बढी संक्रमित /५८ लाख २१ हजार बढी निको भए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top