×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इंग्लिस प्रिमियर लिगः चेल्सी र लेष्टर सिटीको अप्रत्याशित हार

१८ असार २०७७

१८ असार, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लेष्टर सिटीले अप्रत्याशित हार व्यहोरेका छन् । तालिकाको चौथो स्थानमा रहेको चेल्सीलाई गएराति वेष्ट ह्याम युनाईटेडले ३–२ ले पराजित ग¥यो ।

लण्डन डर्बीमा वेष्ट ह्यामलाई विजयी गराउन टामस सौचेक, मिचेल एन्टोनियो र आन्द्रे यार्मोलेन्कोले एक एक गोल गरे । चेल्सीका लागि दुबै गोल ब्राजिलियन खेलाडी विलियनले गरे । यो हारसँगै चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीलाई उछिन्ने अवसर गुमाएको छ ।

Advertisement

गएराति भएको खेलमा लेष्टर सिटी पनि एभर्टनसँग २–१ ले पराजित भयो । प्रिमियर लिग फुटबलकै अर्को खेलमा आर्सनलले नरिच सिटीलाई ४–० ले पाखा लगायो ।

आर्सनलका लागि पियरे एमरिक औबामायङ्गले दुई गोल गर्दा ग्रानिट झाका र सौद्रिक सौरेसले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा न्युकासल युनाईटेडले बर्नमाउथलाई ४–१ ले पाखा लगायो । गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा तेस्रो स्थानको लेष्टर सिटी र चौथो स्थानको चेल्सीबिच १ अंकको दुरी कायमै छ ।

Advertisement

लेष्टरको ३२ खेलबाट ५५ अंक छ भने समान खेलबाट चेल्सीको ५४ अंक छ । एक खेल कम खेलेको च्याम्पियन लिभरपुलको ८६ अंक रहँदा ६३ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top