×

NEPAL TIMES UPDATES

Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले १२ जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आजबाट कार्यान्वयनमा, राखेपको अधिकार कटौती

१८ असार २०७७

१८ असार, काठमाडौं । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ आजबाट कार्यान्वयनमा आएको छ । राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको एकसाता पछि ऐन कार्यान्वयनमा आउने प्रावधान अनुसार गएराति १२ बजेदेखि ऐन कार्यान्वयनमा आएको हो ।

नयाँ ऐनले खेलकुद विकास ऐन २०४८ लाई विस्थापन गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आजदेखि नयाँ ऐन अनुसार नेपालको खेलकुद चलाउन राष्ट्रिय खेलकुद परिषद् र सातै प्रदेशका सामाजिक विकास मन्त्रालयमा पत्राचार गरिसकेको छ ।

Advertisement
Advertisement

नयाँ ऐन आएसँगै खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को वर्तमान बोर्डले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने अन्यौल बढेको छ । नयाँ ऐन आएपछि सोहीअनुसार नयाँ बोर्ड गठनको प्रक्रिया थाल्नुपर्ने मन्त्रालय स्रोतको तर्क छ ।

नयाँ खेलकुद ऐनले केन्द्र, प्रदेश र स्थानीय तहबिच खेलकुदको सम्बन्ध र क्षेत्राधिकार कस्तो रहन्छ भन्ने स्पष्ट ब्याख्या गरेको छैन । राखेप र त्यसको कार्यकारी पदमा रहेका सदस्यसचिवको एकल अधिकारमा ऐनले ब्यापक कटौती गरेको बताईएको छ ।

Advertisement
Advertisement

सदस्यसचिवको अधिकार कटौती गर्दै ऐनले राखेपलाई निर्देश गर्नेगरी ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ । ऐनले राखेपको अधिकार खोसेर नेपाली खेलकुद संचालनको जिम्मेवारी मन्त्रालयका सचिव र कर्मचारीतन्त्रलाई सुम्पिएको आरोप समेत लागिरहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top