विधेयकमा आफूहरूको सवै माग समावेश नगरेसम्म नासुहरुले आन्दोलन जारी राख्ने

१७ असार ७७, बिहीबार

१८ असार, काठमाडौं । आन्दोलित नायब सुब्बाहरूले निजामति विधेयकमा आफूहरूले उठाएका माग समावेश नगरेसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन्।

बिहीबार निजामती सेवामा नासु बचाउ अभियान (राजपत्र अनंकित कर्मचारी संरक्षण आन्दोलन) का तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले हालै राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकको विरोध गरेका हुन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग पटक पटक भएको छलफलपछि आधिकारिक ट्रेड युनियनले प्रधानमन्त्रीसमक्ष बुझाएको माग पत्रमा धेरैजसो विषयहरूलाई समावेश गरेकोमा उनीहरूले धन्यवाद दिएका छन् ।

Advertisement

तर आफूहरूले उठाएका सबै माग प्रस्तावित ऐनमा समावेश नहुँदासम्म आन्दोलन गरेको उनीहरूको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top