×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दिनभरका प्रमुख खबर

१८ असार २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(कोरोनाको पीडा)
नेपालमा कोरोना संक्रमणबाट ४९ दिनका एक शिशुको मृत्यु भएसंगै मृतकको संख्या ३१ पुग्यो /पछिल्लो २४ घण्टामा ४ सय ७३ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म १४ हजार ५ सय १९ जना संक्रमित /५ हजार ३ सय २० जना निको भए ।

Advertisement

२.(बढे प्रयोगशाला)
हालसम्म पीसीआरबाट कुल २ लाख ३७ हजार ७ सय ६४ वटा नमुना परीक्षण /अब देशका २५ वटा प्रयोगशालाबाट परीक्षण हुने /देशभर ३८ हजार १ सय ९ जना क्वारेन्टाइनमा /१० हजार १ सय ३७ जना संक्रमितहरु आइसोलेसना ।

३.(ओलीका पक्षधर)
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न पाइदैन भन्दै माइतीघर मण्डलामा युवाहरुको प्रदर्शन /विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै अर्कोलाई प्रधानमन्त्री बनाउदैमा देशका समस्या समाधान नहुने तर्क ।

४.(न्याय माग्दा लाठी)
आइसोलेसनमा ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा भएको प्रदर्शनमा प्रहरीद्वारा बल प्रयोग /प्रदर्शनमा अश्रु ग्यास प्रहार तथा हवाई फायर /लाठी चार्जबाट दुई दर्जन बढी घाइते ।

५.(अकस्मातको निर्णय)
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य /राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि अधिवेशन अन्त्य भएको मानिने ।

६.(सरकारका निर्णय)
जापानले दिने ३० करोड ८० लाख बराबरको अनुदान सहायता सरकारद्वारा स्वीकार/मोरङ नौबीसे र कुशाहा विराटनगर प्रशारण लाइनका लागि जमिन उपलब्ध गराउने /विदामा नेपाल आएकाहरुलाई स्वास्थ्य प्रोटोकल पालना गरी जान दिने निर्णय ।

७.(नेकपा बादल मडारियो)
पार्टी एकतामा गम्भीर संकट पैदा भएको सत्तारुढ नेकपा स्थायी कमिटी बैठकको निष्कर्ष/ओलीले सहमति विपरीत संसद् अधिवेशन अन्त्य गरेको बारे बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई ।

८.(माननीयको मत)
यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपिट भएको विषयमा राष्ट्रियसभा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण /नीजि र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति र स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने माग ।

९.(अन्त्य गरौं हिंसा)
महिला र दलित समुदायमाथि हुने हिंसाका घटनामा कमि आउन नसकेको राष्ट्रियसभा सदस्य जितेन्द्र देवको गुनासो /२ वर्षको अन्तरमा भएका यौनजन्य घटनामा ३५ प्रतिशत दलित महिला र बालिका रहेको तथ्यांक प्रस्तुत ।

१०.(भावुक माननीय)
निर्वाचनमा बहुधनीय प्रणाली हावी हुदै गएकाले राजनीतिक दलहरुको आयस्रोतको विषयमा जनतालाई जानकारी हुनुपर्ने राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङको भनाई/ घुस लेनदेनले धनी र गरिबबीचको खाडल बढ्दै जादा आफूलाई रुन मन लागेको उल्लेख ।

११.(कर्मचारीको चिन्ता)
संविधानको मर्म अनुरुप नै संघीय निजामती सेवाको विधेयक आउने सभामुख अग्निप्रसाद सापकोटाको भनाई /राष्ट्रिय स्तरका ट्रेड युनियनहरु नै नरहने गरी संसदीय समितिबाट पारित विधेयक रोक्न कर्मचारी युनियनका पदाधिकारीहरुको माग ।

१२.(खुल्यो विदेशको ढोका)
अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने/ नयाँ कामदारले भने विदेश जान नपाउने /काठमाडौंमा आजबाटै र उपत्यका बाहिर आइतबारदेखि सेवा दिन थालिने ।

१३.(छुट छैन ट्याक्सीलाई)
सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधन प्रहरीको कारबाहीमा /चेकजाँचलाई कडाई गर्दे प्रहरीद्वारा सञ्चालनमा आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड ।

१४.(ऋणात्मक ब्रेकर)
दुई दिन बढेको शेयर बिहीबार ६ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेर बन्द/आज १ सय ४२ कम्पनीको ४७ करोड रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद विक्री ।

र,

Advertisement

१५.(विश्वमा हेर्दा कोरोना)
विश्वव्यापी महामारी कोभिड १९ का कारण अहिलेसम्म ५ लाख १९ हजार बढीको मृत्यु /१ करोड ८ लाख बढी संक्रमित /६० लाख ५३ हजार बढी संक्रमित उपचार पछि निको भए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top