अन्धाधुन्ध गोली प्रहारमा एक डिएसपीसहित आठ प्रहरीको निधन

१९ असार, एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कानपुर जिल्लामा आज ९ जना प्रहरीको हत्या भएको छ । एक कुख्यात अपराधीलाई पक्राउ गर्न गएको प्रहरीमाथि अन्धाधुन्ध गोली चल्दा एक डिएसपीसहित आठ प्रहरीको निधन भएको हो ।

Advertisement

घटनामा चार प्रहरी घाइते भएका छन् । कानपुरको चौबेपुरको बिकरु गाउँमा भएको सो घटनामा प्रहरीमाथि अन्धाधुन्ध गोली चलेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । कानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा डेप्टी एसपी देवेन्द्र मिश्रासहित तीन सव इनिस्पेक्टर र चार कन्स्टेवल रहेका छन् ।

कुख्यात अपराधी विकास दुवेलाई पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि आपराधिक समूहले अन्धाधुन्ध गोली प्रहार गरेको थियो ।

Advertisement

दुवेको टाउकाको मोल प्रहरीले २५ हजार तोकेको थियो । जिल्ला पञ्चायतका पूर्व सदस्य दुवेविरुद्ध विभिन्न ५३ अभियोग रहेको कानपुर प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top