×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

सुदूरपश्चिममा कोरोनाको सङ्क्रमण दर उच्च

१९ असार २०७७

१९ असार, धनगढी ।
बिहीबार एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ ।

प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ । योसँगै कैलाली जिल्ला देशभरमै सबैभन्दा बढी कोरोना सङ्क्रमित जिल्लाको रुपमा देखिएको छ ।

Advertisement
Advertisement

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार बिहीबारसम्म कञ्चनपुरमा ३५१, डोटीमा ४७३, डडेलधुरामा २३०, बाजुरामा ३३७ बैतडीमा २३६, बझाङमा १२७, अछाममा २८८ र दार्चुलामा १७ जना सङ्क्रमित पुगेको बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र वीरअस्पतालमा गरिएको नमूनाको परीक्षणमा बिहीबार एकै दिन सुदूरपश्चिम प्रदेशका ३३३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । बिहीबार बझाङबाट २०, कैलालीबाट चार, अछामबाट १६, डोटीबाट ३० गरी ७० जना डिस्चार्ज भई हालसम्म जम्मा डिस्चार्ज हुनेको सङ्ख्या ५६१ पुगेको छ ।

कोभिड–१९ का कारण सुदूरपश्चिम प्रदेशमा हालसम्म छ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा कोभिड–१९ को सङ्क्रमणको दर प्रदेशमा ह्वात्तै बढ्दै गएको छ । प्रदेशमा पहिलोपटक गएको चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए ।

वैशाख महिना शुरु हुँदासम्म पाँच जना सङ्क्रमित फेला परेकामा त्यस पछि झण्डै एक महिनासम्म नयाँ सङ्क्रमणको दर स्थिर रहेको थियो तर कोरोना सङ्क्रमित देश भारतबाट फर्किने नेपाली बढ्दै जाँदा प्रदेशमा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ ।

हालसम्म पिसिआर पद्धतिबाट २० हजार ९९६ को स्वाबको नमूना जाँच भइसकेकोमा तीन हजार ६७९ नमूनाको नतिजा आउन बाँकी छ । यस्तै आरडिटी पद्धतिबाट हालसम्म एक लाख १३ हजार ८९३ नमूनाको जाँच भइसकेको छ । बन्दबन्दी खुकुलो पारिएसँगै सर्वसाधारणको चहलपहल पनि बढ्दै जाँदा रोगको जोखिम पनि बढ्ने देखिएको कतिपयको बुझाइ छ ।

सङ्क्रमित देश भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका नेपालीको बसाईसमेत व्यवस्थित र तोकिएको मापदण्डअनुसार हुन नसक्दा पनि सङ्क्रमणको जोखिम थपिएको हो । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी भारतबाट आउने क्रम जारी रहँदासम्म प्रदेशमा कोरोना सङ्क्रमको दर पनि बढ्दै जाने बताए ।

धनगढी उपमहानगरपालिकाले पिसिआर पद्धतिबाट नमूना जाँच गर्नका लागि बिहीबारबाट शङ्कास्पद व्यक्तिको स्वाब सङ्कलन गर्न थालेको छ । बेली गाउँस्थित नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत स्वाब सङ्कलन शुरु गरिएको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताए ।

Advertisement

उपमहानगरपालिकाले विभिन्न वडाका क्वारेन्टिनमा बसेका शङ्कास्पद व्यक्तिको कोरोना जाँच गरेर कोरोना पोजेटिभ देखिएकालाई उपमहानगरपालिकाले बनाएको आइसोलेसनमा राख्न थालेको छ । (रासस)

भर्खरको समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

सम्बन्धित खबरहरु

Scroll to Top