आफ्नै साथीको हत्या आरोपमा दुई जना जेल चलान

१८ असार ७७, शुक्रबार

१९ असार, स्याङ्जा ।
आफ्नै साथीको हत्याको आरोप लागेका दुई जनालाई जिल्ला अदालत स्याङजाले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

गल्याङ नगरपालिका–४ का ३२ वर्षीय पदमप्रसाद पाण्डेको हत्याको आरोप लागेका स्थानीय चन्द्रकान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि जेल चलान भएका हुन् । गएको जेठ २१ गते साथीहरुसँगै वनभोज गएका पाण्डे जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए।

घटनालगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक निरञ्जन घिमिरे नेतृत्वको टोलीले अनुसन्धानका लागि चन्द्रकान्त न्यौपाने र नाउदेउ न्यौपानेलाई पक्राउ गरेको थियो । मृतक पाण्डेकी श्रीमतीले घटना रहस्यमय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिइन् ।

Advertisement

गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तर्गत पर्ने गल्याङ नगरपालिका–५ सपौदेको भीरमा पाण्डे मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा उनीहरु बीचमा झगडा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top