आजका प्रमुख खबरहरुः
१.(दिनानुदिन भयावह)
काठमाडौंका ८५ वर्षिय वृद्धको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट ३२ संक्रमितको मृत्यु /शुक्रबार अहिलेसम्मकै धेरै ७ सय ४० जना संक्रमित थपिएसंगै कुल संक्रमित १५ हजार २ सय ५९ पगे /६ हजार १ सय ४३ जना जना निको भए ।
२.(परीक्षणको तथ्याङ्क)
शुक्रबारसम्म पीसीआर विधिबाट २ लाख ४२ हजार २ सय ४७ र आरडिटीबाट ३ लाख ५ हजार ६ सय २९ जनाको नमुना परीक्षण /देशभर ३५ हजार ४ सय ७२ जना क्वारेन्टिनमा /९ हजार ८४ जना आइसोलेसनमा ।
३.(छलफलका लागि छलफल)
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा तीनघण्टा छलफल /छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि स्थायी कमिटीको बैठकअघि दुई अध्यक्षविच छलफल गर्ने सहमति ।
४.(ओलीका समर्थक)
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवाहरुद्वारा देशका विभिन्न स्थानमा प्रदर्शन /प्रधानमन्त्री ओलीकै कारण आफूहरूले शिर उठाउन पाएको र भारतले मिचेको लिम्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको दाबी ।
५.(धनुषामा किचलो)
धनुषाको विदेह नगरपालिकामा बर्थिङ सेन्टरको निर्माणको विषयमा उत्पन्न विवाद झडपमा परिणत भएपछि आक्रोशित भीडद्वारा सीमा प्रहरी चौकीमा ढुंगामुढा /२ जना घाइते / प्रहरीद्वारा २ राउण्ड हवाई फायर ।
६.(देउवाले थर्काए)
नेविसंघ नेतृत्व प्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित /कोहीपनि विद्यार्थी नेताहरु भविश्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मन्नुपर्ने अवस्था आएको उल्लेख ।
७.(पर्यटनमा के भयो ?)
नेपालका पर्यटन व्यवसायी र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता गर्न सूचना जारी गरी प्रोत्साहन गरिएको पर्यटन विभागको भनाई / विभागमा दर्ता नभए कुनैपनि होटल तथा पर्यटन व्यवसायीहरु इमिग्रेसनको दर्ता च्वाइसमा नपर्ने ।
८.(खुल्छन् त होटल ?)
होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने पर्यटनमन्त्री योगेश भट्टराईको दाबी / गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्पूर्ण काम आगामी डिसेम्बर २० सम्म सम्पन्नहुने ।
९.(क्षतिको विवरण)
लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति/ अझै सात अर्ब बढ्नसक्ने /जहाज पार्किङ शूल्कमा ७५ प्रतिशत तथा बहाल आय र इजाजत तथा नविकरणमा ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस ।
१०.(उद्योगी सडकमा)
कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै उद्योगी व्यवसायीहरुद्वारा सडकबाट सरकारको ध्यानाकर्षण/ असार महिना भित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंक समक्ष माग ।
११.(श्रमजिवीको स्वर)
पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै नेपाल पत्रकार महासंघद्वारा शुक्रबार राजधानीमा विरोध प्रदर्शन / लकडाउनको अवधिमा श्रमजिवी पत्रकारहरुलाई जागिर बाट निकाल्ने, बिना तलब विदामा राख्ने, पारिश्रमिक कटौती गर्ने समस्या समाधान गर्न माग ।
१२.(प्याब्सनको चेतावनी)
लुकीछिपी शुल्क नलिन निजी विद्यालयहरूलाई प्याब्सनको आग्रह /सरकारसँग कुरा गरिसकेपछि शुल्क लिइने उल्लेख /सरकारले आफूहरूको माग पूरा नगरे आइतबारदेखि अनलाइन कक्षा बन्द गर्ने प्याब्सनको चेतावनी ।
१३.(बम्जनविरुद्ध मुद्धा)
लिटिल बुद्ध भनिने रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा १२ देखि १४ वर्षसम्म सजायको माग दाबीसहित मुद्धा दायर/बम्जन भने अझै फरार ।
१४.(निम्न मध्यमको देश)
कोरोनाको कहरमा नेपाल निम्न आयबाट निम्नमध्यम आय भएको देशमा उक्लिएको विश्व बैंकको तथ्यांक / गतवर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपालको प्रतिव्यक्ति आम्दानी १ हजार ९० अमेरिकी डलर पुग्यो ।
र,
१५.(कोरोना कहर)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म विश्वभर ५ लाख २४ हजार बढीको मृत्यु /१ करोड १० लाख बढी संक्रमित /६१ लख ६९ हजार बढी निको भए ।