×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मालोर्कामाथि एट्लेटिको मड्रिडले निकाल्यो सहज जित

२० असार २०७७

२० असार, एजेन्सी ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले मालोर्कामाथि सहज जित निकालेको छ।

वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले ३–० को सहज जित निकालेको हो। मड्रिडको जितमा अल्भारो मोरटाले २ गोल र कोकेले १ गोल गरे। खेलको २९ ‍औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मोराटाले मड्रिडलाई अग्रता दिलाएका थिए।

Advertisement

फेरि पहिलो हाफको अतिरिक्त समयमा उनले नै दोस्रो गोल गर्दा पहिलो हाफमै एट्लेटिको मड्रिड २ गोलले अघि रह्यो। दोस्रो हाफमा एट्लेटिकोका मिडफिल्डर कोकेले अर्को गोल थपे। खेलको ७९ मिनेटमा उनले गरेको गोलसँगै एट्लेटिको मड्रिड ३–० को सहज जित हात पार्‍यो।

Advertisement

जितसँगै ३४ खेलबाट ६२ अंक जोडेको एट्लेटिको अंकतालिकाको तेस्रो स्थानमा यथावत छ। त्यस्तै मालोर्का २९ अंकसहित रेलिगेसन जोनमा छ। तालिकाको शीर्षस्थानमा ७४ अंकसहित रियल मड्रिड र दोस्रो स्थानमा ७० अंकसहित बार्सलोना छ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top