कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु

१९ असार ७७, शनिबार

२० असार, धनगढी ।
कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका वडा नम्बर १० मा भारतबाट फर्किएर क्वारेन्टिन अवधी पूरा गरी घर पठाइएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो। उनी जेठ २६ गते भारतबाट फर्किएकी थिइन्। मृतक रक्तचाप र प्यारालाईसिसको बिरामी रहेको बुझिएको छ।

मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ। गोदावरी नगरपालिकाले कोरोना परीक्षणका लागि शुक्रबार नै स्वाब संकलन गरी धनगढी प्रयोगशाला पठाइएको जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top