योगेन्द्र योगी
२१ असार, दोहा ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको नबौँ र दशौँ पटकको उडानमार्फत २ सय ९५ जना नेपाली फर्किएका छन् ।
कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्स एयरलाइन्सको उडानमार्फत् ४ महिला र १ सय ४४ जना पुरूस रहेका छन् ।
त्यसैगररी दोहाबाट काठमाडौँको लागि उडेको अर्को हिमालय एयरलाइन्सको जहाजमा १ सय ४७ जना सबै पुरूष रहेको सचिव भट्टराईले बताए ।
प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
यसअघि १ हजार ४ सय ७७ जना नेपाली स्वदेश फर्किसकेका छन् भने हालसम्म ३४ वटा शव पनि नेपाल पठाइए सकिएको दूतावासले जनाएको छ । यस्तै अर्को उडान जुलाई ७ मा हिमालय एयरलाइन्सले र जुलाई ७ र ९ मा नेपाल एयरलाइनले उडान गर्ने दूतावासले जनाएको छ ।