साउदीबाट २ हजार ५ सय ४७ जना नेपाली स्वदेश फर्किए

२० असार ७७, आइतबार

योगेन्द्र योगी
२१ असार, दोहा ।

Advertisement

कोरोना लगायत अन्य बिभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने पहिलो चरण अन्तर्गत साउदीबाट फर्किनै पर्ने नेपाली नागरिकहरू मध्ये २५ सय ४७ जना स्वदेश फर्किसकेका छन्।

साउदीबाट एकै दिन तीन उडानमार्फद ५ सय ४८ जना नेपाली स्वदेश फर्किएको दूतावासले जनाएको छ । दूतावासका अनुसार असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी एकै दिन तीन वटा उडानमार्फत स्वदेश फर्किने क्रममा राजधानी रियादबाट नेपाल एयरलाइन्सको उडान नं २१९२ बाट २४९ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

Advertisement

यसै गरी दम्मामबाट नेपाल एयरलाईन्सबाट १४५ र हिमालय एयरलाइन्सको उडानबाट १५४ जना नेपालीहरू पनि स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

Advertisement

यस्तै साउदीस्थित नेपाली दूतावासका अनुसार साउदीमा हवाइ उडानहरु स्थगित भएका कारण विगत केही महिना देखि स्वदेश फर्काउने पर्खाइमा रहेका मध्ये ४० जना नेपालीको शव पनि नेपाल पठाईएको जनाएको छ ।

यी सबै उडानहरुमा स्वदेश फर्किनेहरुलाई बिदाई गर्न दूतावासका कर्मचारी, एनआरएन प्रतिनिधिहरु लगायत विमानस्थल पुगेका थिए । यसैगरि अर्को उडान जुलाई ६ मा रियादबाट हुने दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top