‘महाभूकम्पको संविधानयात्रा’ विमोचित

१ बैशाख ७५, आइतबार

काठमाडौँ, २ वैशाख ः साहित्य सन्ध्याको नियमित मासिक ३८३ औँ शृङ्खलाअन्तर्गत शनिबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रा डा भरतबहादुर कार्कीद्वारा लिखित ‘महाभूकम्पको संविधानयात्रा’ कवितासङ्ग्रह लोकार्पण गरिएको छ ।
कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कानुनका क्षेत्रमा ज्यादै महत्त्वपूर्ण योगदान गरेका स्रष्टाको अन्तरमनको संवेदनशीलतालाई २०७२ को भूकम्प र त्यसपछि निर्माण भएको संविधानले उजागर गरिदिएको बताए ।

समालोचक डा नेत्र एटमले कानुनविज्ञ प्रा डा कार्कीले संविधानको निर्माण हुनु भनेको विध्वंस व्यहोरेपछिको सकारात्मक निर्माण भएको र त्यो सुन्दर निर्माणलाई पचाउन नसकेर नाकाबन्दी लादेको सन्दर्भलाई कवितामा उजागर गरेको बताए ।
कविकी जीवनसङ्नी विमलाले कविता प्रकाशनमा अशक्त अवस्था भए पनि सहयोग गर्न पाएको बताइन् । सो अवसरमा नियात्राकार पोष चापागाईँले नियात्राकार देवकी केसीलाई रु एक हजार पुरस्कार अर्पण गरे ।
गोष्ठीमा बालकवि प्रलिसा अधिकारी, कवि कणाद महर्षि, भारती न्यौपाने, बालाकृष्ण अधिकारी, विजया बस्नेत, ओमप्रसाद कोइराला, रश्मि रिमाल, तारा गाउँले, चूडा निर्भीक, मुकुन्द न्यौपाने, अभ्यस्त यात्री, डा विदुर चालिसेलगायतले आआफ्नासमसामयिक कविता, गीत र गजल वाचन गरेका थिए ।
सन्ध्याका उपाध्यक्ष रमेश पोखरेल र कोषाध्यक्ष गोपालकुमार मैनालीले स्रष्टाले सधैँ खबरदारी गर्नुपर्र्नेमा जोड दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top