भारतमा एकैदिन झण्डै २५ हजारमा कोरोना संक्रमण पुष्टि

२१ असार २०७७, आइतबार
Share this
789shares

२१ असार, नयाँ दिल्ली।

Advertisement

कोरोनाभाइरसका कारण भारतमा एकैदिन झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।

दैनिक रुपमा सङ्क्रमित हुनेहरूको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।

Advertisement

तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरूको कुल सङ्ख्या १९ हजार २६८ पुगेको छ । तीमध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । सबैभन्दा धेरै प्रभावित अझै पनि महाराष्ट्र राज्य नै रहेकाे छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म दुई लाख ६४ जना सङ्क्रमित भएका छन् भने आठ हजार ६७१ जनाको मृत्यु भएको छ ।

Advertisement

त्यसैगरी दोस्रो धेरै प्रभावित तमिलनाडु प्रदेशमा एक लाख सात हजार एक जना सङ्क्रमित हुदाँ एक हजार ४५० को मृत्यु भएको छ । त्यसैगरी केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा ९७ हजार २०० जना सङ्क्रमित भएका छन् ।रासस / एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top