अफगान सुरक्षाफौजको कारबाहीमा ७ जना तालिबानीको मृत्यु

२१ असार ७७, सोमबार

२१ असार, काबुल।

अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकुको मृत्यु भएको तथा अरु चार जना घाइते भएको जनाएको छ ।

सैनिक प्रवक्ता सदिक इस्साले उरुजगान प्रान्तको ट्रिनकोट जिल्लामा सैनिक पोस्टमा गएराति आक्रमण गरेपछि सेनाले प्रतिकार गर्दा तालिबान लडाकुको मृत्यु भएको जानकारी दिनुभयो । तर यसबारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

Advertisement

गएराति नै कान्दाहार प्रान्तमा तालिबान लडाकुले सैनिक जाँचचौकीमा आक्रमण गरेका र सेनाले गरेको प्रतिकारमा पाँच तालिबानी लडाकु मारिएको सेनाले जनाएको छ । संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरे पनि तालिबान समूहले अफगान सुरक्षाफौज र सर्वसाधारणलाई लक्षित गरी आक्रमणहरू जारी राखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top