अफगानिस्तानमा तालिवान आक्रमणमा चार प्रहरीसहित २० मारिए

काबुल, २ वैशाख ः अफगानिस्तानमा भएका दुई वटा छुट्टाछुट्टै गोली हानाहानका घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार आइतबार बिहान सात जना तालिवान लडाकू र दुई जना बन्दुकधारी हेरात प्रान्तको चिस्ती सारिफ जिल्लामा मारिएका छन् ।

मारिएकामध्ये एक जना नस्रुल्लाह बाग्घिसी नामका तालिवान डिभिजन कमाण्डर पनि रहेको समाचारमा जनाइएको छ ।

त्यसैगरी पूर्वी गाज्नी प्रान्तमा चार जना प्रहरी र सात जना तालिबान लडाकू गरी ११ जना मारिएका छन् ।

लडाकूहरूले स्थानीय सुरक्षा कार्यालयमा सुरक्षाकर्मीहरूलाई लक्षित गर्दै आक्रमण गरेपछि भएको दोहोरो भिडन्तका क्रममा उनीहरू मारिएका हुन् ।

जघातो जिल्लामा शनिबार राति सो भिडन्त भएको प्रान्तीय सरकारका प्रवक्ता हारिफ नुरीले सिन्ह्वालाई जानकारी दिए ।

एक अर्कालाइ गोली हानिरहेको अर्को एक घटनामा परी पाँच जना लडाकू र केही प्रहरी घाइते भएको प्रहरीले स्रोतले जनाएको समाचारमा उल्लेख छ ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top