×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराटनगरका समाजसेवी जगतप्रसाद अज्र्यालले घरभाडामा छुट दिए

२२ असार २०७७

२२ असार, विराटनगर ।
लकडाउनका कारण हरेक क्षेत्र संकटमा परेको अवस्थालाई मध्यनजर गरी बिराटनगर १२ का जगतप्रसाद अज्र्यालले मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड बैजनाथपुर शाखा कार्यालय, मोरङलाई एक महिनाको घर भाडामा सहुलियत दिएका छन् ।

सरकारले एक महिनाको घर भाडामा सहुलियत दिन आग्रह गरिरहेको छ । यस्तै परिस्थितिलाई बुझेर घरबेटी र फाइनान्स बीच भएको सहमति एउटा महत्वपूर्ण थालनी भएको र यस्तै कार्यले समाजको बिकास गर्ने माध्यम रहेको बैजनाथपुर शाखाका प्रमुख नदाकत अलीले बताए ।

Advertisement

०७२ बैशाख १२ गतेको भूकम्पले तहसनहस गरेको भन्दा पनि कोरोना महामारीले सबैलाई हतोत्साही बनाएको अवस्थालाई हेरेर आफूले एक महिनाको घर भाडा छुट गरेको घरबेटी अज्र्यालले बताए । यस्तो संकटको अवस्थामा सबै मिलेर कोरोना महामारी र उत्पन्न संकटलाई आर्थिक रुपान्तरणको अवसरको रुपमा लिनुपर्ने उनले बताए ।

संस्थाले बैशाखदेखि नै सबै शाखाहरु मार्फत साबधानीका साथ घरदैलो कार्यक्रम गरी ग्राहकहरुलाई सेवा प्रवाह गरिरहेको नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले जानकारी दिए । घरभाडामा पाएको छुट रकमलाई पनि स्थानीय स्तरकै कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने दाहालले बताए ।

Advertisement

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथाउपचार कोषमा २५ लाख ६० हजार सहयोग गरिसकेको छ । मेरो माइक्रो फाइनान्स नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १ सय २० शाखा कार्यालय र बालग्राम अनुगमन कार्यालय, सुनसरी अन्र्तगत मोरङमा ४ शाखासहित ३ जिल्लामा ८ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top