×

NEPAL TIMES UPDATES

Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026
Playing
धम्की अनि सिजफायरः अब १० अप्रिलमा के हुन्छ? || Nepal Times
Apr 08, 2026

पर्यटक तान्दै माझठानाका झरना

२२ असार २०७७

२२ असार, पोखरा ।

पोखरा महानगरपालिका वडा नं २८ स्थित माझठानाका दुई झरना यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् । बन्दाबन्दीका कारण अन्य पर्यटकीय गन्तव्य सुनसान बनिरहेका अवस्थामा स्थानीय रोला खोला र ढोडेनी खोलाका झरनामा भने दैनिक पर्यटकको चहलपहल बढेको छ ।

Advertisement

दूरीका हिसाबले करिब ५०/६० मिटरको फरकमा समानान्तर जस्तै बनेर झरेका झरना विगतमा सम्बन्धित निकायको ध्यान पुग्न नसक्नुका साथै प्रचारप्रसारकै अभावमा ओझेलमा परेका हुन् । सुगमस्थान एवं प्रचुर सम्भावना रहेर पनि झरना पछि परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको संरक्षणका साथै पर्यटकीयरुपमा उपयोग गर्न स्थानीयले जागरुकता देखाएका छन् ।

झरनामध्ये रोलाखोला झरना ६५ मिटर उचाइको छ भनेसँगैको अर्को ढोडेनीखोला झरना ५० मिटर उचाइमा छ । पछिल्लो समयमा यहाँका दुईवटै झरनामा साहसिक खेल क्यानोनिङ सञ्चालन गरिएको छ । जेठ महिनादेखि मङ्सिरसम्म झरनामा पर्याप्त पानी हुने भए पनि बाँकी महिना भने पानीको मात्रा कम हुने गरेको छ । दुईवटै खोलाबाट पाइप विस्तार गरी खानेपानीको व्यवस्था गरेपछि झरनामा पानी घटेको हो । खानेपानीको अन्य विकल्प सोच्ने हो भने १२ महिना नै झरना देख्न सकिने सम्भावना छ ।

यसअघि २०७३ सालमा स्थानीय पहलमा नेटादेखि झरनासम्म पुग्ने मोटर बाटो निर्माण गरिएसँगै सो क्षेत्रमा बाँझो र सुक्खा जमिनमा सिँचाइ सुविधा पु¥याइएको थियो । सिँचाइसँगै उत्पादनमा वृद्धि हुनुका साथै यो स्थल पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको रोलाखोला निलिरह पर्यटन पूर्वाधार समितिका अध्यक्ष भोजराज भूर्तेलले जानकारी दिए ।

“पहिले झरनासम्म मानिससमेत पुग्नसमेत अप्ठ्यारो थियो, नयाँ ट्र्याक र सिँचाइ कुलो निर्माणमा रु १५ लाख खर्च भएको छ”, उनले भने– “बाटो निर्माणसँगै यतिखेर झरनाले पर्यटकीय गन्तव्यको रुप लिएको छ ।” बाटो निर्माणपछि झरनाको आकर्षण बढेको र सिँचाइ कुलोले सयौँ रोपनी बाँझिएका जमिनमा अहिले रोपाइँ भइरहेको स्मरण गर्दै उनले त्यसका लागि स्थानीय बाँस्तोला समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

झरनासम्म पुग्नका लागि कच्ची मोटर बाटो निर्माण भएसँगै पर्यटन पूर्वाधार समिति एवं स्थानीय जनप्रतिनिधिसहितको भेलाले ट्रिप लङ पाक्स गानयोन ट्रिक्स प्रालिलाई क्यानोनिङ सञ्चालन र पूर्वाधार विकास गर्न पाँचवर्षे सम्झौता गरेको थियो ।

पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीका अनुसार यस स्थललाई स्थानीय बासिन्दासँगको सहकार्यमा वडाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेछ । “झरनाको प्रचारप्रसारका साथै आवश्यक भौतिक संरचना निर्माणमा गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्ने आवश्यक छ”, उनले भने, “यसका लागि स्थानीय पहल एवं जागरुकता अपरिहार्य छ ।” झरनासम्म पुग्ने बाटो, पानी पर्दा ओत बस्ने ठाउँ, चेन्जिङरुम, शौचालय जस्ता अत्यावश्यक भौतिक संरचना तयार गरेर आगन्तुक आन्तरिक एवं बाह्य पर्यटकलाई सुविधा पु¥याउन तत्काल पहल गरिने उनले बताए ।

यहाँको प्राकृतिक सुन्दरतालाई पर्यटन बजारमा प्रवद्र्धन गर्दै स्थानीय उत्पादनसँग जोडेर थप आयआर्जन गरिने उनले बताए । स्थानीयवासी सूर्य बाँस्तोलाका अनुसार प्रचारप्रसारको अभावमा पनि पछिल्लो समय झरनामा क्यानोनिङ गर्ने, हेर्ने, र छहराको शीतलतामा रमाउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

“एकै स्थानमा दुई वटा झरना कमै स्थानमा पाइने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्”, उनले भने– “पछिल्लो एक महिनादेखि दैनिक ५०० देखि एक हजार ५०० दर्शकले झरनाको अवलोकन गर्दै आनन्द लिदै आएका छन् ।”

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म विशेषतः युवावर्गको घुइँचो लाग्ने गरेको बताउँदै उहाँले झरनालाई स्थानीयवासीको आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । क्यानोनिङ सञ्चालक रोशन त्रिपाठीका अनुसार यतिखेर झरनामा आन्तरिक पर्यटकको आकर्षण बढे पनि साहसिक खेल क्यानोनिङ गर्नेको सङ्ख्या भने बढ्न सकेको छैन ।

उनका अनुसार संस्थाले क्यानोनिङका लागि नेपालीलाई प्रतिव्यक्ति रु एक हजार ५०० एवं बाह्य पर्यटकको हकमा भने प्रतिव्यक्ति ७० डलर निर्धारण गरेको छ । पाँच जनाको समूहमा आएमा जनही ६० डलर र त्योभन्दामाथिको सङ्ख्यामा एक जना बराबर ५० डलर शुल्क लिने व्यवस्था गरिएको छ । झरनामा क्यानोनिङका लागि आवश्यक पूर्वाधार निर्माणमा छ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

कम्पनीले सो स्थानमा पुग्ने पर्यटकको सुविधाका लागि दुवै झरनाको बीचभागमा करिब ५० जना दर्शकलाई ओत बस्ने ट्रष्ट भवन, चेञ्जिङरुम र शौचालय निर्माण गर्ने तयारी गरिरहेको उनको भनाइ छ । पोखरा अर्घौका २१ वर्षीय प्रदीप अधिकारीले रोला झरनाको क्यानोनिङ अन्यत्रकोभन्दा सुरक्षित र आनन्ददायी भएको अनुभव सुनाए ।

Advertisement

गर्मी मौसममा चिसोपानीसहितको झरनामा डोरीको सहायताले ६५ मिटरको उचाइबाट झर्दा छुट्टै आनन्दको महसुस भएको उनले बताए । प्रचारप्रसारको अभावका साथै पूर्वाधार विकास हुन नसकेका अवस्थमा पनि झरनामा आउनेको सङ्ख्यामा दिनानुदिन वृद्धि भएको स्थानीय राधाकृष्ण भूर्तेल बताउँछन् । पृथ्वीराजमार्गको तालचोकदेखि वेगनासताल खण्डकको शिशुवा तथा मोहोरीयाबाट लामास्वारा, स्याखुदीबाट बाँस्तोला गाउँको नेटा हुँदै उक्त झरनासम्म पुग्न सकिन्छ । बाटोमा पोखराको तालमध्येको दोस्रो ठूलो वेगनासताललाई विभिन्न आकारमा देख्न सकिन्छ भने आसपासका अन्य ताललाई पनि नजिकबाट नियाल्न सकिन्छ ।रासस

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top