कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो

योगेन्द्र योगी
२३ असार, दोहा ।

कतारमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । सोमबार ५४६ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख ३ सय ४५ पुगेको छ ।

सोमबार मात्रै १ हजार ६ सय ९४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या ९३ हजार ८ सय ९८ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार हालसम्म ६ हजार ३ सय १४ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये १ सय ६४ जना गम्भिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाको कारण १ सय ३३ जनाले मृत्यु भइसकेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियताबारे खुलाएको छैन । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससँग पनि तथ्याङ्क छैन ।

Advertisement

कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् । कोरोनाकै कारण कतारमा पाँच जना नेपालीको मृत्यु भएको बताईएको छ । कतारमा विभिन्न क्षेत्रमा गरी ३ लाख ५० हजार नेपाली कामदार कार्यरत छन् ।

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top