कर्मचारी खटाएको स्थानमै जानुपर्छः मन्त्री पण्डित

२ बैशाख ७५, सोमबार

काठमाडौँ, २ वैशाख ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले सरकारले खटाएको स्थानमा गएर सेवा गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले आज काठमाण्डौंमा गरेको साक्षात्कारमा उनले नयाँ संरचनाअनुसार भइरहेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा तीनवटै तहमा व्यवस्थापन गर्न सक्ने बताए ।

कर्मचारी कम भएको हुँदा अहिले सरकारले स्वेच्छिक अवकाशको निर्णय स्थगन गरेको बताउँदै उनले भने, “अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकाश दिने निर्णय स्थगन भएको छ । सरकारले खटाएको ठाउँमा उनीहरु जानैपर्छ, नभए अवकाश लिने निर्णय गर्नुपर्छ ।”

Advertisement

प्रादेशिक लोक सेवा आयोग गठन भएपछि सम्बन्धित प्रदेशले कर्मचारीको व्यवस्थापन गर्ने मन्त्री पण्डितको भनाइ थियो ।

मन्त्री पण्डितले राजनीतिक संक्रमणकाल सकिएर अहिले प्रशासनिक संक्रमणकाल शुरु भएको जानकारी दिँदै संक्रमणकाल पार लगाउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका हुनेमा जोड दिए ।

Advertisement

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा नारायण खड्काले राजनीतिक स्थायित्वका लागि आर्थिक, सामाजिक, कूटनीतिकलगायत पक्ष सन्तुलित हुनुपर्ने बताउँदै सरकारले जोसिला र महत्वाकांक्षी योजना बनाएको हुँदा त्यसलाई पूरा गर्न सुझाव दिए ।

उनले सरकारले पूर्व अति विशिष्ठ व्यक्तिलाई दिइएको सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय स्वागतयोग्य भएको बताउँदै प्रमुख प्रतिपक्ष दलको हैसियतले काँग्रेसले सरकारलाई रचनात्मक सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top