×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल एसबीआई बैंकले पशुपतिमा बनायो दक्षिणी प्रवेशद्वार

२३ असार २०७७

२३ असार, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले धार्मिक र पवित्र स्थलको अनुभूति हुने गरी पशुपति क्षेत्रको सौन्दर्यता विकास गरिने बताएका छन् ।

नेपाल एसबीआई बैंकको लगानीमा निर्माण भएको पशुपति मन्दिरको दक्षिण द्धारको मंगलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले पशुपती क्षेत्रको सुन्दरता मार्फत भक्तजनहरुलाई धार्मिक र पवित्र तिर्थस्थलमा प्रवेश गरेको अनुभूति दिने गरी पशुपति क्षेत्रको विकास गर्न लागिएको बताए । त्यसका लागि पशुपति क्षेत्रभित्र जिर्ण रहेका संरचनाहरुको पुननिर्माण गर्ने र सरसफाईमा उच्च ध्यान दिने कामहरु बाँकी रहेको मन्त्री भट्टराईले बताए ।

Advertisement

पशुपति क्षेत्रको समग्र विकासका लागि गुरु योजना तयार पारिएको र मन्त्रिपरिषद्बाट पारित भएपछि संरचना निर्माणका कार्यहरुले गति लिने बताए । उनले एसबीआई बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको दक्षिण द्धारको सुन्दरताले भक्तजनहरुलाई पवित्र धार्मिक स्थलमा प्रवेश गरेको अनुभूति गराउने बताए ।

पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्र कस्तो बन्ने भन्ने विषयमा गुरुयोजना तयार भइसकेको र सोही अनुसार नै यसको सौन्दर्यता कायम गरिने बताए । उनले विश्वमा नै हिन्दुहरुको प्रमुख तिर्थस्थलको केन्द्र र पर्यटकहरुका लागि आकर्षणको केन्द्रका रुपमा पशुपती क्षेत्रलाई विकास गरिएको बताए ।

Advertisement

कार्यक्रममा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागरले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पवित्र धार्मिक स्थलको प्रवेश द्धार निर्माण गर्न पाउँदा खुशि लागेको बताए । बैंकले पशुपति क्षेत्रको दक्षिण तर्फको प्रवेश द्धार, जुत्ता राख्ने घर, एटिएम घर लगायतका संरचना निर्माण गरेको छ ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top