×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

२४ घन्टामा ६८८ संक्रमित डिस्चार्ज, ४ जिल्ला काेराेना मुक्त

२३ असार २०७७

२३ असार, काठमाडौँ ।
विगत २४ घण्टामा ६८८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६ सय ८८ गरी आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको बताए ।देशभरीका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् ।

त्यस्तै मंगलबार देशभरी २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।

सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ । पीपीआर विधिबाट मंगलबार ६ हजार १ सय ३३ वटा परीक्षण भएका छन् । आजसम्म कुल २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement

सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवति महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ । उनीहरुको स्वाव संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाव राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ ।

भर्खरको समाचार

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

सम्बन्धित खबरहरु

Scroll to Top