Nepal Times
Nepal Times
3
Shares

लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै

लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै

रुपन्देही, २ वैशाख ः लुम्बिनी विश्वविद्यालयबाट पहिलो पटक १०७ विद्यार्थी दीक्षित हुने भएका छन् ।

दीक्षित हुनेहरुमा १५ जना विद्यावारिधि र ९१ जना स्नातकोत्तर गरेका रहेका छन् भने एकजना भारतीय विद्यार्थी रहेको आज लुम्बिनी विश्वविद्यालयले लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दीक्षान्त समारोहमा रञ्जन भक्तानन्द बज्राचार्य स्वर्णपदक एक तथा रु ५०÷५० हजारको शारदा बज्राचार्य स्मृति पुरस्कार र साल्ट ट्रेडिङ कर्पोरेशन पुरस्कारसमेत वितरण हुने बताइएको छ ।

आंगिक क्याम्पस एक तथा सम्बन्धनप्राप्त क्याम्पस नौवटा रहेको लुम्बिनी विश्वविद्यालयले श्रीलंकाको एउटा बौद्ध विश्वविद्यालयलाई सम्बन्धन दिन पत्राचार भएको विश्वविद्यालयका रजिष्टार तीलक आचार्यले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपतिको हैसियतमा अध्यक्षता गर्ने सो दीक्षान्त समारोहमा बौद्ध विज्ञान बुद्धिष्ट एण्ड पालि युनिभर्सिटी अफ श्रीलंकाका उपकुलपति भिक्षु प्राध्यापक डा गल्ल्याले दीक्षान्तर भाषण गर्ने छन् ।

“बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि रचनात्मक काम गर्न चाहन्छौँ,” आचार्यले भने । वैशाख १६ गते आयोजना हुने उक्त समारोहमा विसं २०६९, २०७० र २०७१ का विद्यार्थीलाई दीक्षित गरिनेछ ।

त्यस्तै वैशाख १५ र १६ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय विश्व बौद्ध सम्मेलन हुँदैछ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.