लुम्बिनी विश्वविद्यालयबाट १०७ विद्यार्थी दीक्षित हुँदै

२ बैशाख ७५, सोमबार

रुपन्देही, २ वैशाख ः लुम्बिनी विश्वविद्यालयबाट पहिलो पटक १०७ विद्यार्थी दीक्षित हुने भएका छन् ।

दीक्षित हुनेहरुमा १५ जना विद्यावारिधि र ९१ जना स्नातकोत्तर गरेका रहेका छन् भने एकजना भारतीय विद्यार्थी रहेको आज लुम्बिनी विश्वविद्यालयले लुम्बिनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

दीक्षान्त समारोहमा रञ्जन भक्तानन्द बज्राचार्य स्वर्णपदक एक तथा रु ५०÷५० हजारको शारदा बज्राचार्य स्मृति पुरस्कार र साल्ट ट्रेडिङ कर्पोरेशन पुरस्कारसमेत वितरण हुने बताइएको छ ।

आंगिक क्याम्पस एक तथा सम्बन्धनप्राप्त क्याम्पस नौवटा रहेको लुम्बिनी विश्वविद्यालयले श्रीलंकाको एउटा बौद्ध विश्वविद्यालयलाई सम्बन्धन दिन पत्राचार भएको विश्वविद्यालयका रजिष्टार तीलक आचार्यले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपतिको हैसियतमा अध्यक्षता गर्ने सो दीक्षान्त समारोहमा बौद्ध विज्ञान बुद्धिष्ट एण्ड पालि युनिभर्सिटी अफ श्रीलंकाका उपकुलपति भिक्षु प्राध्यापक डा गल्ल्याले दीक्षान्तर भाषण गर्ने छन् ।

“बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि रचनात्मक काम गर्न चाहन्छौँ,” आचार्यले भने । वैशाख १६ गते आयोजना हुने उक्त समारोहमा विसं २०६९, २०७० र २०७१ का विद्यार्थीलाई दीक्षित गरिनेछ ।

त्यस्तै वैशाख १५ र १६ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय विश्व बौद्ध सम्मेलन हुँदैछ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top