काठमाडौं । मुस्लिम संघ नेपालको दोस्रो महाधिवेशन आगामी वैशाख १५ र १६ गते हुने भएको छ । नेपाली काँग्रेसको भातृ संगठनका रुपमा रहेको संघको १५ र १६ गते काठमाण्डौमा दोस्रो महाधिवेशन हुन लागेको सभापति अब्दुल सत्तारले बताएका छन् ।
यसअघि संघको केन्द्रिय समितीको बैठकले गत चैत २४ र २५ गते मिति तोकेको भएपनि कााँग्रेसका नेता खुमबहादुर खड्काको निधनका कारण महाधिबेशन वैशाखमा सार्नुपरेको सभापति सत्तारको भनाई छ ।
काठमाडौंमा हुने महाधिबेशनमा देशभरका करिब ४ सय ५० प्रतिनिधी सहभागी हुने बताइएको छ । महाधिबेशनले निर्वाचित र मनोनित गरि ८१ जनाको केन्द्रियकार्य समिती निर्माण गर्नेछ ।
यस्तै मुलुक संघीयतामा गएकाले नयाँ स्वरुपअनुसार प्रदेश समिती बनाएर जानका लागि महाधिबेशनमा संघको विधान परिमार्जनको प्रस्ताव समेत लैजाने तयारी रहेको सभापति सत्तारको भनाई छ ।
मुस्लिम संघ नेपालको हाल ४३ जिल्लामा जिल्ला कार्यसमिती रहेको छ ।