कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी

२ बैशाख ७५, सोमबार

बागलुङ, ३ वैशाख  ः यहाँस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा रु २८ लाख ९० हजार भेटी संकलन भएको छ ।

नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । रु १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

दुई हजार १०० जोडी परेवा बिक्रीबाट रु आठ लाख ४५ हजार, बलि चढेका ३९५ बोकाको टाउको बिक्रीबाट रु तीन लाख ३१ हजार संकलन भएको हो । यस्तै, ९३ पाथी चामल बिक्रीबाट रु ५८ हजार, सिक्का सटहीबाट रु १५ हजार आम्दानी भएको छ । बलिको राँगो, कुखुराको टाउको, भक्तजनले चढाएको तेल, कपडा बिक्रीबाट आउने रकम पनि भेटीमा जम्मा हुने गरेको समितिका अध्यक्ष राजु खड्काले बताए।

Advertisement

सो अवधिमा रु दुई हजार ५५० नगद आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । बलि चढाएका बोकाका टाउको, परेवा, चामल, तेल, कपडा बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम मन्दिरको मूल भेटीमा जम्मा हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा गएको चैतमा रु तीन लाख ६३ हजारभन्दा बढी भेटी उठेको समितिले जनाएको छ । “चैतेदशैँमा भक्तजनको घुइँचो लाग्ने हुँदा भेटी बढी उठेको हो”, अध्यक्ष खड्काले भने।

सोही बेला हुने चैत्राष्टमी मेलाका कारण पनि मन्दिर दर्शन गर्ने भक्तजनको संख्या वर्षेनी बढ्दो छ । बडादशैँ र चैतेदशैँमा मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । मन्दिरले वर्षमा रु एक करोडभन्दा बढी भेटीबाट आम्दानी गर्दै आएको छ ।

समितिले हरेक महिनाको आय व्यय विवरण सार्वजनिक गर्दै आएको छ । जसअनुसार गएको चैत महिनामा रु एक लाख ४४ हजार खर्च भएको जनाइएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top