×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

सरकारले भन्याे- भारतीय मिडिया नसुध्रिँदासम्म प्रतिबन्ध हट्दैन

२८ असार २०७७

२८ असार, काठमाडौँ ।
भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन् ।

Advertisement

नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरुले दुरासायपूर्ण रुपले अगाडी बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उनले बताए । उनले भने– ‘‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँदैन । भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिवन्ध लगाउनुभयो । परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।’’

Advertisement

नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चार माध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन प्रशारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन÷ प्रशारण भएपछि नेपालमा भारतीय न्यूज च्यानलहरु बन्द गरिएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top