आजका प्रमुख खबरहरुः
१.(ग्राफ ओरालो लाग्दै)
नेपालमा पछिल्लो २४ घण्टामा थपिए मात्र ८२ जना कोरोना संक्रमित ÷संक्रमितको संख्या १६ हजार ८ सय १ पुग्यो / आजै १४७ जना डिस्चार्ज भएसंगै हालसम्म ८ हजार ५८९ जना निको भए ।
२.(आजको अपडेट)
आइतबारसम्म पीसीआर विधिबाट २ लाख ८३ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण/देशभर २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा /८ हजार १ सय ७४ जना आइसोलेसनमा ।
३.(बाढी पहिरोको कहर)
मुलुकका विभिन्न स्थानमा भारी वर्षासंगै नदीमा बहाव बढेसंगै आएको बाढीपहिरोका कारण दजनौंको मृत्यु/सयौं विस्थापित /बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन मौसम विज्ञान विभागको आग्रह ।
४.(नेपालीको आत्मबल)
कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या र संक्रमणको दर घट्दै / कुल संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोना मुक्त /विश्वभर २९ हजार ६ सय २४ जना मध्ये २७ हजार ३ सय ६२ जना नेपाली निको भए ।
५.(सरकारले सुन्यो)
सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न तेस्रोपटक एक साताका लागि उडान तालिका थप्यो /बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुने ।
६.(सरिताको सुर)
समाजवादी पार्टीबाट निष्कासित सांसद सरिता गिरीद्वारा सर्वोच्च अदालतमा रिट दायर /समाजवादी पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर आफ्नो हक अधिकार खोसेको भन्दै रिट दर्ता ।
७.(पार्टी नफुट्ने आश्वासन)
पार्टी विभाजन हुन नदिइ पार्टी एकतालाई अक्षुण्ण राखिने नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई / पार्टीभित्र गम्भीर समस्या सिर्जना भएपनि पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेकाले नेता कार्यकर्तालाई नआत्तिन आग्रह ।
८.(आयुर्वेद विश्वविद्यालय वहस)
जडिबुटी र आयुर्वेद औषधिको अनुसन्धान गर्नेगरी आयुर्वेद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा विज्ञहरुको जोड /आयुर्वेद चिकित्सकको क्षेत्रमा अनुसन्धान गर्न अवरोध नहुने गरी विश्वविद्यालयको ऐन निर्माण गर्ने सांसद्हरुको भनाई ।
९.(३३ किलोको लहरो)
इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरेपछि ३३ किलो सुन तस्करीमा संलग्न युएईबाट पक्राउ परेका हरिशरण खड्कालाई नेपाल ल्याइयो / वैदेशिक रोजगारीमा गएका काभ्रेका ४२ वर्षीय खड्का जागिर छाडेर सुन तस्करीमा लागेको आरोप ।
१०.(विश्वासघात नमुना)
अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी प्रहरीद्वारा सार्वजनिक / ललितपुरबाट ९ र चितवनबाट वडाअध्यक्षसहित तीन जना पक्राउ / प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्षमाथि आरोप ।
११.(फरार समातिए)
रुकुम पश्चिमको आठबीसकोटमा तलिगाउँ र माथीगाउँबिच पानीको मुहानको विषयमा भएको झडपमा संलग्न फरार चार जना पक्राउ /घटनामा संलग्न वडाध्यक्ष केशरमान विकसहित अन्य फरार व्यक्तिहरुको खोजी कार्य जारी ।
१२.(मूल्यवृद्धिको विरोध)
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघद्वारा प्रदर्शन / लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको उल्लेख ।
१३.(आफ्नै तर्क)
पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको नेपाल आयल निगमको प्रस्टोक्ति /व्यवहारिक रुपमा मूल्य समायोजन गर्दा ३ रुपैयाँ सस्तो भएको धारणा/ घटाउनु भनेको ठाउँमा घटाएपनि बढाउनुपर्ने ठाउँमा नबढाएको भनाई ।
१४.(रोकिएनन् सलह)
भारतको बहराइच क्षेत्र हुँदै आइतबार सलहका दुई वटा झुन्ड नेपालको दाङ प्रवेश गरे / कृषकहरुलाई सचेत रहन सलह सूचना केन्द्रको आग्रह ।
र,
१५.(विश्वको भय)
कोरोना भाइरसका कारण विश्वभर ५ लाख ६८ हजार बढीको मृत्यु /१ करोड २८ लाख बढी संक्रमित /७५ लाख निको भए/ भारतमा एकै दिन २८ हजार ६ सयभन्दा बढी नयाँ संक्रमित थपिए ।