मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

२९ असार, कलैया ।
प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् ।

प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै आफन्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले बताए ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.