‘कसौटी जिन्दगी के’ धारावाहिकका अनुराग (पार्थ सम्थान) कोरोना संक्रमित

‘कसौटी जिन्दगी के’ धारावाहिकका अनुराग (पार्थ सम्थान) कोरोना संक्रमित

२९ असार, एजेन्सी ।
भारतीय टेलिभिजन शृङ्खला ‘कसौटी जिन्दगी के’ का कलाकार पार्थ सम्थानमा पनि कोरोना संक्रमण देखिएको छ ।

सम्थान आफैँले इन्स्टाग्राममार्फत यस कुराको जानकारी दिएका हुन् । यसबारे जानकारी दिँदै उनले लेखेका छन्,“सामान्य लक्षण देखिएपछि मैले कोरोना परीक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो २,३ दिनदेखि मेरो नजिक हुनुभएका सबैलाई कोरोना परीक्षणको लागि जान अनुरोध गर्दछु ।

बीएमसी र डाक्टरसँग दैनिक सम्पर्कमा छु र म घरमै क्वारेन्टिनमा बसिरहेको छु, सबैमा धन्यवाद र सुरक्षित रहनुहोला ।” सम्थानलाई कोरोना भएसँगै ‘कसौटी जिन्दगी के’ को छायांकन ३ दिनको लागि स्थगित गरिएको छ ।

टेलिशृङ्खलाका सबै टिमलाई सेल्फ क्वारेन्टिनमा बस्न र सम्थानसँग नजिक रहेका केही टिम सदस्यलाई भने परिक्षणका लागि जान सुझाएको छ । लकडाउनपछि उनी जुन २७ गतेदेखि छायाङ्कनमा फर्किएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.