×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

अविरल बर्षा र बाढीपछि विराटनगरकै सडक भासियो

२९ असार २०७७

२९ असार, विराटनगर।
निरन्तरको अविरल वर्षापछि देशका विभिन्न स्थानमा बाढी पहिरोले अकल्पनीय क्षति पुर्याएको छ । ८ दर्जन भन्दा बढीले ज्यान गुमाईसकेका छन भने दजनौ अझै हराईरहेका छन् । बाढी र पहिरोको बितन्डा अझै जारी छ । यही कहरमा विराटनगरपनि परेको छ ।

बिराटनगरको महाननगरपालिमा वडा नं ६ र ११ लाई छुट्याउने केशलिया सडक बाढी आँउदा भासिएको छ । सुनसरी र मोरङ जोड्ने केशलिया खोलाबाट बाहिरिएको बाढीले सडक भासिएको हो । बिराटनगर क्षेत्रमा केही दिनदेखिको अविरल वर्षापछि करीब ५० मिटर सडक भासिएको हो । अहिले बिराटनगर वडा न. ६ , १२ , १६ र केशलिया खोलाको आसपासमा रहेका स्थानीहरु बाढीको त्रासका कारण सडकमा बस्न थालेका छन् ।

Advertisement
Advertisement

सुनसरी बर्जु गाउँपालिका बेलगछिया वडा नं ५ निवासी दिपक यादबले बाढी आएका कारण निकै कठिन परिस्थितिबाट सामाना गर्नु परेको बताएका छन् । उनले आफ्नो घर तिर बाढि आएको कारण हाल विस्थापित भएर मोरङमा आएको तर यता पनि बाढि कै कारण खाना खान समेत कठिनाई हुन थालेको बताए ।

हरेक बर्ष नै केशलियाको बाढिले बिराटनगरको बिभिन्न वडाहरु डुबान हुँदै आएको छ । घरमा पानी पसेकाले हाल बस्न , खान कठिनाई हुँदै आएको बिराटनगर ६ निवासी किसन राजभटले बताए ।

उनले हरेक बर्ष यो क्षेत्रमा बाढिले बितन्डा मच्चाउदै आए पनि सरकोकारवालाहरुले बाढिको बेला नाम टिपेर मात्रै लिएर जाने गरेको भन्दै स्थानीय चित्त दुखाएका छन् । बाढि आएको कारण सडक भासिने क्रम जारी छ । मानिससमेत आवतजावत गर्न जोखिम बढेकाले बाटो बन्द गरेर तत्कालै मर्मत गर्नु पर्ने स्थानीय किसनले बताए । उनले कोरोना भाइरसका कारण मान्छेहरु बेरोजगार भएर सडक छेउकै माटो काटेर बेच्ने र सो ठाँउमा पानी जमेपछि कटान हुन सुरु भएको बताए ।

Advertisement
Advertisement

सडक भासिदा केशलिया सडकमा बासिन्दालाई आवतजावतमा समस्या भएको छ । अबैध रुपमा सडककै माटो खनेपछि कटान भएर जमीन भासिने क्रम बढेको स्थानीयवासीले बताएका छन् । निरन्तरको बर्षाले बाढीका कारण उच्च जोखिम देखिएको ठाँउमा आवतजावत बन्द गरेर तत्कालै थप सतर्कता उपनाउन सरोकारवालाको ध्यान पुगोस ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top