×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

कतारबाट २४०० नेपाली स्वदेश फर्किए,अर्को उडान जुलाई १७ मा हुने

३० असार २०७७

योगेन्द्र योगी
३० असार, दोहा ।

कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारमा अलपत्र परेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् ।

Advertisement
Advertisement

यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये कतारस्थित नेपाली दूतावासले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागि ३६ जनाको शव स्वदेश पठाएको दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट गत जुन २१ तारीख देखि चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई १० मा नेपाल एयरलाइन्सले दोहाबाट अन्तिम उडान गरेको थियो ।

दूतावासका अनुसार अलपत्र परेका स्वदेश फिर्ताका लागि १० हजार बढीले अनलाइन तथा टेलिफोन सम्पर्क गरी नेपाल फर्किन फारम भरेका छन् ।

सचीव भट्टराईले दिएको जानकारी अनुसार दोश्रो चरणको उडान यही जुलाई १७ मा नेपाल र हिमालय एयरलाइन्सले उडान गर्ने तय भएको छ । यस्तै जुलाई १८ र २० मा पनि हिमालय एयरलाइन्सले दुई र नेपाल एयरलाइन्सले दुई वटा उडान गर्ने छ भने कतारबाट दोश्रो चरणमा ६ जहाजले उडान गर्ने उनले बताए ।

Advertisement
Advertisement

कतारमा हालसम्म कोरोनाबाट १ लाख ४ हजार १६ जना संक्रमित भएका छन् । हालसम्म १ लाख ६ सय २७ जना निको भएर घर फर्किएका छन् भने हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भैसकेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top