‘अयोध्या नेपालमा रहेको’ भन्ने ओलीको दाबीको भाजपाद्वारा निन्दा

३० असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारत सरकारको नेतृत्वकर्ता दल भाजपाले ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै निन्दा गरेको छ ।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने पनि बताए । ओलीको आलोचना गर्दै शास्त्रीले भनेका छन्, ‘भगवान राम हाम्रो आस्थाको प्रतीक हुन् र यहाँका कसैले पनि आस्थामा खेलवाड गर्न दिँदैनन् । चाहे त्यो नेपालको प्रधानमन्त्री होस् वा जो कोही होस् ।’

Advertisement

भानुजयन्तीको अवसरमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए ।

ओलीको यस अभिव्यक्तिलाई लिएर भारतमा चर्को आलोचना भएको छ । भारतीय मिडियाहरुले नेपालका प्रधानमन्त्री ओलीको भनाइ आश्चर्यजनक र स्तब्ध पार्ने खालको भनेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top