नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक नेता पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक नेता पक्राउ

३१ असार, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चाज पक्राउ परेका छन् । समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन कैलालीबाट पक्राउ परेका हुन् ।

विप्लव समूह स्रोतले पुन पक्राउमा परेको पुष्टि गरेको छ । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर जबराले भने एक जना नेता पक्राउ परेको भनेका छन् । समूहले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पुन समूहभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने मान्यता राख्ने पक्षका नेता हुन् । केही अघि उनले अनलाइनखबरसँग अन्तर्वार्ता दिँदै सरकारले पत्र पठाए वार्ताबाट नभाग्ने पनि बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.