NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

यस वर्ष आएनन् पर्यटक, तिलिचो ताल सुनसान

बुधबार असार ३१ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
यस वर्ष आएनन् पर्यटक, तिलिचो ताल सुनसान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३१ असार, मनाङ ।

विश्वकै आकर्षक पर्यटकीय गन्तव्य मनाङको तिलिचो ताल भरिभराउ हुने याम हो यो । तर यसवर्ष विश्वकै सर्वाधिक उचाइमा रहेको तिलिचो ताल पर्यटकको पर्खाइमा रह्यो तर स्वदेशी तथा विदेशी कोही आएका छैनन् ।

आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यस ताल कोभिड १९ को महामारीका कारण सुनसान देखिएको छ । यसका कारण पर्यटन व्यवसायकै भरमा निर्भर रहेका मनाङका होटल व्यवसायी पनि अहिले चिन्तित छन् । कहिले यो अवस्था सामान्य होला र व्यवसाय सुचारु गरौँला भनेर उनीहरु पर्खिरहेका छन् ।

Advertisement

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–९ मा अवस्थित यस ताल समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा छ । यस तालले चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यसको लम्बाइ ३ दशमलव ९ किलोमिटर र चौडाइ १ दशमलव ६ किलोमिटर रहेको छ ।

प्राकृतिक छटाले भरिएको यस ताल तिलिचो पिक र निलगिरि हिमालको ग्लेसियरबाट निर्माण भएको हो । यस तालबाट अन्नपूर्ण हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्नकै लागि पनि विदेशी तथा स्वदेशी पर्यटकको घुइचो लाग्ने गर्छ । यहाँ प्रत्येक याममा १२ हजार देखि १५ हजार स्वदेशी पर्यटकले भ्रमण गर्ने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । गुरुङका अनुसार यस तालमा धरै चलचित्रहरु पनि सुटिङ भएका छन् । नेपाली फिल्मदेखि म्युजिक भिडियो सम्म यहाँ सुटिङका लागि कलाकारहरु आउने गरेका छन् ।

स्वदेशी पर्यटकसँगै तिलिचो तालमा विदेशी पर्यटकको पनि उतिकै भिड हुने गर्छ । मनाङ पुगेका पर्यटक तिलिचो नपुगी कमै मात्र फर्कने गर्छन् । कतिपय पर्यटक तिलिचो तालहुँदै फर्किएर खाङ्सर हुँदै थोराङुला पास गरी मुक्तिनाथ पुग्ने गरेका छन् भने कतिपय तालहुँदै नेसोकुन्डा पास गरी जोमसोम ठिनी पुग्ने गर्छन् । वर्षमा ३० हजार विदेशी पर्यटक भित्रिने गर्छन् र यसमध्ये आधाभन्दा बढी विदेशी पर्यटक तिलिचो पुग्ने गरेको होटल व्यवसायीहरुको भनाई छ ।

तिलिचो घुम्ने उपयुक्त समय
हिमालको काखमा अवस्थित यो तालमा सधैँ जान कठिन हुन्छ । अत्यधिक चिसोको समय र हिमपातका बेलामा त्यहाँ पुग्न निकै कठिन हुने हुँदा जुनसुकै समयमा जान सकिँदैन । यहाँका स्थानीय त सधैँ गए पनि पर्यटकलाई भने जोखिम छ । हिमपात र बेमौसमी फूलको सुगन्धले पर्यटकलाई लेक लाग्ने सम्भावना बढी हुन्छ ।

त्यसैले यहाँ जानका लागि भदौ, असोज महिना उपयुक्त मानिन्छ । भदौबाट सुरु भई मङ्सिरसम्म पर्यटक आवात जावत गर्ने गर्छन् । यो समयमा आकाश खुलेर निलो देखिन थाल्छ अनि निलो आकाश मुनि सेता हिमालका लहरहरु मुस्कुराउन थाल्छन् । यही मनोरम दृश्यले तान्छ पर्यटकलाई ।

‘‘स्वदेशी पर्यटकहरु विशेषगरी दशैँ, तिहारको लामो बिदालाई सदुपयोग गर्दै तिलिचो पुग्छन्,’’ होटल व्यवसायी कर्मडोन्डु गुरुङले बताए । पहिले खासै स्वदेशी पर्यटक नआए पनि पछिल्लो समयमा स्वदेशी पर्यटकको मुख्य गन्तव्यस्थल बन्ने गरेकोे छ तिलिचो ताल ।

कसरी पुगिन्छ तिलिचो ताल ?
लमजुङको सदरमुकाम बेसिशहर हुँदै विश्व चर्चित अन्नपूर्ण पदमार्गमार्फत् तालसम्म पुग्ने यात्रा शुरु हुन्छ । बेसिसहर चामे सडकमा चल्ने सवारी साधानको प्रयोग गरेर र पैदल यात्राबाट पनि जान सकिन्छ । अधिकांश विदेशी पर्यटक पैदल यात्राबाट नै तिलिचो पुग्ने गरेका छन् भने स्वदेशी पर्यटकले सवारीसाधानमार्फत् पुग्ने गरेको पाइन्छ ।

पैदल यात्रीहरु १० दिन लगाएर पुग्छन् तिलिचो ताल । लमजुङ सदरमुकामबाट शुरु गरी बाहुनडाँडामा बास बस्दै घ्यार्मु, स्याँगे हुँदै दोस्रो दिन च्याम्चे र मनाङको पहिलो गाउँ तालगाउँमा बास बस्न पुग्ने गर्छन् । तेस्रो दिन मनाङ जिल्लाको नासों गाउँपालिका तालबाट शुरु भइ धारापानी, दानाक्यु, बगरछाप हुँदै चामे गाउँपालिकाको तिमाङ, थानचोक, कोतो हुँदै मनाङको सदरमुकाम चामे बास बस्ने गर्छन् । यसरी पैदल यात्रीहरुले बाटोभरि देखिने मनोरम दृश्यहरु हेर्दै, तस्वीरहरु खिच्दै रमाएर यात्राको मजा लिँदै गन्तव्यसम्म पुग्ने गरेको पाइन्छ ।

अग्लो पहाडको बिचबाट झरेका नागबेली छहराहरु, मस्र्याङ्दी नदीको कलकल आवाज, सेता हिमालका लहरहरुमा लहाराउँदै घुम्ने याममा बाटोभरि यात्रुहरु हिडिरहेका हुन्छन् । मनाङ सदरमुकामबाट देखिने लमजुङ हिमाल मनास्लु र अन्नपूर्ण दोस्रो हिमालको दृश्य अवलोकनसँगै चौथो दिनको यात्रा तय गर्छन् । यसपछि यात्रा अरु दिनभन्दा अलि कठिन तर मनोमहक रहेको छ । अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्दै दुई हजार नौ सय मिटर देखि तीन हजार एक सय मिटरको उचाइमा पुगिन्छ ।

अर्को दिन ढुकुर पोखरी हुँदै मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ बास बस्दै भोलिपल्ट ग्रिन ताल हँदै घ्यारु, ङावल, भ्राकामा बास बस्ने गर्छन् । यहाँबाट तीन हजार पाँच सय ४० मिटर उचाइमा रहेको मनाङ गाउँ र गंगापूर्ण ताल छोङ्कर घुम्न सकिन्छ । त्यस्तै भ्राका गाउँबाट चार हजार ६०० मिटर उचाइमा रहेको आइस लेक, मिलेरेपा केभ जस्ता प्राकृतिक र धार्मिक स्थानहरुको अवलोकन गर्दै दुई दिन मनाङगाउँमा बास बसेर अरु यात्रा शुरु गर्ने गर्छन् विदेशी पर्यटकहरुले ।

यसरी यात्रा गर्दा भने लेक लाग्ने समस्या हुँदैन । उचाइसँग घुलमिल हुँदै अर्थात् विस्तारै उकालो लाग्ने हुँदा लेकलाग्ने सम्भावना कम हुने पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ गाउँबाट खाङसार गाउँ, श्रीखर्क हुँदै चार हजार दुई सय मिटर उचाइमा रहेको तिलिचो बेस क्याम पुगिन्छ । यसैगरी यात्राको १०औं दिनमा सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्न सकिन्छ ।

स्वदेशी पर्यटकले भने बेसिशहरबाट नै सवारी साधानको प्रयोग गरी एकै दिनमा मनाङ खाङ्सार पुग्ने गर्छन् । खङ्सार गाउँको छेउमै रहेको तारे गुम्बा हुँदै सात घण्टाको हिडाइपछि तिलिचो बेस क्याममा पुगिन्छ । बेस क्याम्पबाट चार घण्टामा यस तालमा पुग्न सकिन्छ । यसरी दुई दिनमा तिलिचो पुग्दा धेरै स्वदेशी पर्यटक भने लेक लागेर बिरामी पर्ने र बीच बाटोमै फर्किने समेत गरेको होटल व्यवसायी भुजुङ गुरुङले बताए ।

पर्यटकको सहज यात्रा
पर्यटनको याममा पर्यटकको अत्यधिक चाप बढ्ने हुँदा खाने, बस्ने सुविधाको चाँजोपाजो मिलाइएको छ । चिसो ठाउँ हिमपातको सम्भावना हुने हुँदा न्यानो कोठा, तातोपानीसँगै आगो ताप्ने ठाउँको व्यवस्था प्रत्येक होटल व्यवसायीले गरेका छन् ।

बिरामी तथा अशक्तलाई तालसम्म पु¥याउन घोडाको व्यवस्था लगायत प्रत्येक होटलमा अक्सिजन सिलन्डर र प्राथमिक उपचारका सबै औषधी उपकरण राखिने गरिएको व्यवसायी भुजुङ गुरुङले बताए । होटल व्यवसायी र अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको सहयोगमा असजिलो ठाउँमा बाटो निर्माण गरिँदै आएको छ ।

हिमपात ल्याण्डसाइड र असजिलो बाटो मर्मत गरिदै आएको उहाँले बताउनुभयो । होटलका कोठाले नपुगेमा टेन्टको व्यवस्था मिलाएर न्यानो ठाउँमा पर्यटकका लागि व्यवस्था गरिएको उनको भनाई छ । गम्भीर बिरामीलाई हेलीको चार्टर गरेर सम्बन्धित अस्पतालसम्म पु¥याउने व्यवस्था खाङ्सार होटल व्यवसायी तथा खाङ्सार युवाहरुले गर्दै आएका छन् ।

तिलिचोको धार्मिक महत्व (कागभुसुन्डी मानसरोवर)
नेपालका अधिकांश तालतलैयाहरुले धार्मिक महत्व बोकेको पाइन्छ । यस्तै यो तालसँग पनि धार्मिक किंवदन्ती जोडिएको छ । त्रेता युगमा कागभुसुन्डी ऋषिले यसै तालको किनारमा तपश्या गरी बसेका र रामयणको पूरा पाठ गर्दा कागले रामयण कथा सुनेर रुँदारुदैँ आँसुबाट दह बनेको भन्ने पनि किंवदन्ती पाइन्छ ।

कैलाश पर्वतबाट भगवान् शिव पार्वती यहाँ आई तपश्या गरी यसै तालमा स्नान गरी स्वच्छ भएकाले यहाँको पानीलाई पवित्र जलको रुपमा लिने प्रचलन समेत रहेको छ । यिनै धार्मिक किंवदन्तीका कारण यहाँ भारत लगायत वैदिक सनातन धर्ममा विश्वास राख्ने धार्मिक गुरुहरु आई तपश्या गर्ने गरेको स्थानीय छिमि धेर्जे गुरुङले बताए । यहाँ प्रत्येक वर्ष साउन महिनामा वैदिक सनातन धर्मावलम्बीहरुको भीड लाग्ने गर्छ ।

गत वर्षमात्र १०५ जनाको बोलबम टोली यस तालमा स्नानका लागि पुगेका थिए । त्यस्तै बौद्ध धर्ममा पनि यस तालको उत्तिकै महत्व जोडिएको छ । मिलेरेपाले नेपालका हिमालय पर्वत घुम्ने क्रममा निलगिरि र तिलिचो पिकको फेदीमा तपश्या गर्दा बुद्धत्व प्राप्त गरेकाले यस ताललाई ज्ञान कुण्डको रुपमा चिन्ने गर्दछन् । हाल यस ठाउँमा भगवान शिव र भगवान बुद्धको मूर्ति सँगै राखिएको छ ।

कोभिड १९ को प्रभाव
दैनिक पाँस सय देखि एक हजार स्वदेशी तथा विदेशी पर्यटकले भरीभराउ हुने तिलिचो ताल कोरोना महामारीले गर्दा सुनसान छ । होटल व्यवसाय ठप्प भएको छ । जसले गर्दा पनि व्यवसाय नै धरापमा परेको छ ।

मनाङका अधिकांश मानिसहरु होटल व्यवसायमा आत्मनिर्भर रहेकाले यसरी विश्व महामारीका कारण वैकल्पिक पेसा अपनाउन बाध्य भएको होटल व्यवसायीको भनाई छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण देशमा पर्यटन विकासको वातावरण सहज बन्न सकेको छैन । कहिले सहज वातावरण बन्ने हो र पुनः पर्यटकको चहलपहल हुन्छ भन्ने पर्खाइमा मनाङवासी छन् ।

लेक लाग्नबाट कसरी बच्ने ?
अधिकांश स्वदेशी पर्यटक तिलिचो घुम्न आउने क्रममा बिरामी पर्ने गर्छन् । कोही त बिचबाटै पनि फर्कने गर्छन् । यसको कारण छोटो समयावधिमा र यहाँको हावापानी सँग घुलमिल नहुदै लामो यात्रा गर्न खोज्नुले हो । लेक लाग्नु (हाई अल्टिच्युड) मा पुग्दा हावापानी नमिल्नु प्रमुख कारण हुन्छ । लेक लाग्न नदिनका लागि विस्तारै र यहाँको स्थानीय हावापानीमा घुलमिल हुँदै उकालो चढ्नुपर्ने हुन्छ ।

तिलिचो तालसम्म पुग्न कम्तीमा पनि एक साताको समय छुट्याउन जरुरी हुन्छ । सवारी साधानको प्रयोगबाट एकचोटी धेरै उचाई र कम अक्सिजन हुने ठाउँमा पुग्नु हुँदैन । स्वदेशी पर्यटकले यस्ता हावापानीको विषयमा त्यति चासो दिएको पाइँदैन । विस्तारै हावापानीमा घुलमिल हुँदै उचाइमा पुग्दा भने लेक लाग्नबाट जोगिन सकिन्छ । लेक लाग्नबाट जोगिने उपाय भने पर्यटक आफैँले जानेर जानु पर्दछ ।

अधिकांश विदेशी पर्यटकले यहाँ आउनुपूर्व नै यसबारे अध्ययन गरेर र बुझेर आउने गरेकाले त्यति धेरै बिरामी पर्दैनन् । उनीहरु धेरै पैदल नै यात्रा गर्ने भएकोले एकै पटक माथि पुग्दैनन् । तर स्वदेशी पर्यटकहरु भने विना अध्ययन सवारी साधानबाट एकै पटक माथि उचाईमा पुगने भएकोले उनीहरुलाई अक्सिजनको कमी हुने गर्दछ । यसरी एकै पटक अग्लो ठाउँमा पुग्दा बिरामी हुने गरेका छन् । मनाङको हावापानीसँग घुलमिल हुन नसकेर लेकलाग्ने समस्याले च्याप्ने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए ।

यहाँको वातावरणको अध्ययन गरी सवारी साधानको प्रयोगबाट आउँदा भने त्यस्तो समस्या हुँदैन । रिंगाटा लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, श्वास फेर्न कठिन हुने जस्ता समस्याहरु देखिएमा अघि बढ्नु उचित हुँदैन । यस्तो अवस्थामा जतिसक्दो चाँडो तल झर्नु उपयुक्त मानिन्छ । शरीरको तापक्रम सन्तुलित राख्नका लागि तातोपानी, लसुन, अदुवाको झोल खानु उपयुक्त हुन्छ ।

संसारकै सर्वाधिक अग्लो स्थानमा रहेको यस तालमा जाने रहर जो कसैलाई पनि हुन्छ । त्यसैले यहाँ आउनुअघि यहाँको बारेमा अध्ययन गर्न जरुरी हुन्छ । अध्ययन गरेर यात्रा गरेमा आफू पुग्न खोजेको गन्तव्यबाट मजा लिन पनि पाइन्छ र मानसिक र शारीरिक रुपमा पनि स्वस्थ हुन सकिन्छ ।रासस

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.