‘सम्पदा साइक्लिङ यात्रा’ सम्पन्न

३ बैशाख ७५, मंगलबार

काठमाडौँ, ४ वैशाख ः विश्व सम्पदा दिवसका अवसरमा हनुमाढोकादेखि स्वयम्भूनाथसम्म ‘सम्पदा साइक्लिङ यात्रा’ गरिएको छ ।

विश्व सम्पदा उत्सव मूल समारोह समितिले आयोजना गरेको यात्रामा त्यस क्षेत्रमा रहेका ऐतिहासिक–सांस्कृतिक महत्वका सम्पदास्थलको सहभागीहरूलाई भ्रमण गराइएको हो।

मरुगणेश, काष्ठमण्डप, मरुहिटी, सन्तानेश्वर महादेव, मरुबही, बञ्जाहिटी, नरदेवी, लोकेश्वर गल्ली, भुरुङ्खेल, डल्लु चौतारा, भुइखेल हुँदै स्वयम्भू क्षेत्रसम्म साइक्लिङ गरिएको थियो । हनुमानढोका स्वयम्भूनाथसम्मको दूरी २.२ किलोमिटर छ ।
प्रदेश नं ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितले सो यात्रा शुभारम्भ गर्दै एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका प्राचीन महत्वका सम्पदाको प्रवद्र्धन गर्न सकेमा पर्यटन उद्योगको समेत विकास हुने बताए ।

Advertisement

सांसद जीवनराम श्रेष्ठले यस क्षेत्रमा रहेका पुराना सम्पदाले तत्कालीन समाजको अध्ययन गर्न सहयोग पुग्ने बताउँदै यस क्षेत्रका सम्पदामार्ग निर्माणका लागि गृहकार्य भइरहेको जानकारी दिए ।

समितिका सचिव डिल्लीरत्न तुलाधरले विश्व सम्पदा दिवसमा हाम्रा सम्पदालाई देश विदेशमा प्रचार गर्न यही वैशाख २ गतेदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भइसकेको जानकारी दिँदै चेस, कबड्डी, स्केटबोर्डलगायत खेल आज खेलाइने बताए । विश्व सम्पदा दिवस भोलि बुधबार मनाइँदै छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top