×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश|| Nepal Times
May 03, 2026
Playing
रविलाई भेटेर उद्योगीहरुले के भने ? घर र कार्यालय धाउनु नपर्ने|| Nepal Times
May 03, 2026
Playing
बालेनको डोजर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छः दुर्गा प्रसाईं|| Nepal Times
May 03, 2026
Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026

अर्थ समितिमा अर्थमन्त्री र पूर्व अर्थमन्त्रीबीच आरोप प्रत्यारोप

१ श्रावण २०७७

१ साउन, काठमाडौँ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सम्बन्धीत आयोजना प्रमुखले समयमै सोधभर्ना नगर्ने प्रवृतिले असार मसान्तमा खर्चको आकार बढी देखिएको बताएका छन् । प्रतिनिधिसभाको अर्थसमितिको बिहीबारको बैठकमा बजेट कार्यान्वयनका सम्बन्धमा छलफल गर्न उपस्थित भएका अर्थमन्त्री खतिवडाले भुक्तानी दावी ढिलो गरी आउने र आयोजनाको सोधभर्ना नगर्ने प्रवृतिले आर्थिक वर्षको अन्त्यमा खर्च बढी देखिने गरेको बताए ।

उनले भुक्तानी ढिलो हुनुको प्रमुख कारण आयोजना प्रमुखहरुले समयमा दावी नगर्ने तथा सोधभर्ना नलिने नै रहेको दावी गरे । उनले आर्थिक वर्षको अन्त्यमा मात्रै सोधभर्ना लिदा असार मसान्तमा खर्च बढी देखिएको बताए । उनले कतिपय अवस्थामा सोधभर्ना लिनका लागि मन्त्रालयले नै ताकेता गर्नुपरेको जानकारी गराए । असार महिनामा सोधभर्ना धेरै आउने भएकाले असारमा नै भुक्तानी र खर्च बढी देखिएको स्पस्ट पारे । उनले भने ‘भुक्तानी ढिलो हुनमा आयोजना प्रमुखहरुले समयमा दावी गर्नुहुन्न, सोधभर्ना लिनुहुनन्न । सोधभर्ना लिनलाई ताकेता गरिरहनुपर्छ र बल्लबल्ल स्रोतको सोधभर्ना आउँछ । सोधभर्ना पनि फेरी जेठ असारमा धेरै आउँछ । असारमा सोधभर्ना आउँदाखेरी विदेशी सहायता पनि त्यहि देखिन्छ र खर्च पनि त्यहि देखिन्छ ।’

Advertisement
Advertisement

अर्थमन्त्री खतिवडाले राजश्व पनि असार मसान्तमा धेरै उठने भएकाले त्यसको आधारमा भुक्तानी बढी हुँदा पनि असारमा खर्च धेरै देखिने गरेको बताए । बजेट कार्यान्वयन, आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐन अनुसार खरिदमा विवेक र ढंग पु¥याउन नसके विवादमा पर्न सक्ने भएकाले पनि खर्चका प्रक्रियाहरुमा कठिनाई र ढिलाई हुने गरेको बताए ।

बजेट कार्यान्वयनको असर जनतामा परेको सम्बन्धमा भने गरिबी, रोजगारी शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार निर्माण लगायतका परिसूचकको आधारमा हेर्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए । उनले परिसूचकहरुमा मात्रै छलफल गर्न आफु तयार रहेको बताए । उनले जनताले अपेक्षा गरेका सबै कुरा पुरा नभएपनि धेरै विषयहरु पुरा हुने भएकाले मतदाता समक्ष भन्न सक्ने आधार खडा हुने भन्दै सांसदहरुलाई विश्वस्त हुन आग्रह गरे । उनले बेरुजुलाई रकममा नहेरी प्रतिशतमा हेर्न पनि आग्रह गर्नुभयो । प्रतिशतमा हेर्दा अर्थमन्त्रालयको बेरुजु स्वीकार योग्य नै रहेको बताए । उनले बेरुजु देखिदैमा भ्रष्टाचार भयो भन्ने नसोच्न आग्रह गरे ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले खर्च गर्ने सम्बन्धमा नियमित रुपमा समस्या भएको र यो अध्ययनको विषय भएको बताए । उनले जनशक्ति नभएर, सामथ्र्य नभएर वा स्रोत नभएर खर्च हुन नसकेको भन्ने विषयमा स्वतन्त्र अध्ययन हुनुपर्ने बताए । उनले सरकारले खर्च गर्ने सामथ्र्य नै नराखेकोले देश बन्ने सम्भावना पनि नभएको बताए । उनले भने ‘खर्च गर्ने सामथ्र्यको सन्दर्भमा पनि यो नियमित रुपमा समस्या छ । किन हाम्रो खर्च हुँदैन भन्ने कुराको एउटा नितान्त नयाँ हिसाबले मन्त्रालयले अध्ययन गर्नुपर्ने देख्छु । हाम्रो जनशक्ति नभएर हो या हाम्रो अन्य सामथ्र्य नभएर हो या हाम्रो स्रोत नै नभएर हो या अर्थमन्त्रालयले पैसा समयमा नदिएर हो के चिज यसका पछाडिका कारणहरु छन यसको स्वतन्त्र अध्ययन हुनुपर्ने मैले देखिरहेको छु । कुरा गर्दा हामीले पैसाको स्रोतको अभाव छैन भन्छौं तर पैसा खर्च हुँदैन् । खर्च नहुने कारणहरुको बारेमा पनि खोजिनिति भएको छैन र त्यो अनगोइङ क्यारि भइराखेको छ । विगत देखि नै यो समस्या हामीले क्यारीअन गरिराखेका छौं । यसको समाधानका निम्ति पनि यथोचित प्रयास भएको छैन् । अरु देशहरुले काम गर्ने सामथ्र्य देखाएरै अघि बढीराखेका छन् । काम गर्ने सामथ्र्य नहुने वित्तीकै फेरी देश बन्दैन । जुन देशमा काम गर्ने सामथ्र्य हुँदैन त्यो देश बन्ने पनि सम्भावना हुँदैन । हाम्रो अहिले हालत मैले त्यही देखिराखेको छु । काम गर्ने सामथ्र्य नभएको देशको रुपमा अहिले मैले देखिराखेको छु ।’

पूर्व अर्थमन्त्री कार्कीले देखे अर्थतन्त्रमा अनिष्टको संकेत

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ समितिले यस अघि दिएका निर्देशनहरु अर्थमन्त्रालयले कार्यान्वयन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले बजेट खर्चमा पनि सरकार गम्भिर नभएको बताए । उनले सबल समयमा सबल अर्थतन्त्रको जिम्मेवारी पाउनुभएका अर्थमन्त्रीको काम गर्ने प्रवृतिले अर्थतन्त्रमा चुनौति थपिएको बताए । भ्रष्टाचार बढ्दै गएको तर सरकार गम्भिर नभएको आरोप उनले लगाए । उनले भने ‘एउटा सबल समयमा सबल अर्थतन्त्र उहाँको हातमा थियो । तर त्यसलाई उहाँले एउटा स्वेत पत्र जारी गर्नुभयो । स्वेतपत्र जारी गरिसकेपछि हामीलाई पनि लागेको थियो यो तीनवटा बजेट अहिले कोभिडको म कुरा गर्दिन दुईवटा बजेट आउँदा खेरी मुलुकले फडको नै मार्ला जस्तो लागेको थियो । म तथ्याङ्क तिर जान चाहन्न तर मुलुकले केही फडको मार्न सकेको छैन् । झन अनियमितता बढेर गएको छ । अव भ्रष्टाचार बढेको छ । हरेक चिजमा अहिले मान्छेहरु भ्रष्टाचार गरिरहेका छन् । भ्रष्टाचार नहुँदाखेरीपनि मान्छेहरुलाई के लागिराखेको छ भने अवश्य त्यहाँ भ्रष्टाचार छ भन्ने छ । त्यस किसिमको विश्वसनियताको ह्रास दिन दिनै आएको छ । यो केवल अर्थमन्त्रालयको मात्रै होइन् यो हाम्रो पद्धतिकै निमित्त धेरै गम्भिर कुरा हो । त्यस दिशामा सरकारले मुलुकलाई लगिराख्नु एउटा अनिष्टको संकेत हो ।’

Advertisement

बैठकमा सांसदहरुले विज्ञ अर्थमन्त्री भएर पनि अर्थतन्त्रमा सुधार ल्याउन नसकेको भन्दै अर्थमन्त्री खतिवडाको आलोचना गरे । उनीहरुले सरकारका कामकारबाही हेदा अवको चुनावमा मतदातालाई के भन्ने चिन्ता बढ्दै गएको बताए । उनीहरुले सरकारी खर्च बढाएर विकास निर्माणका कामलाई तिब्रता दिन सरकार गम्भिर नभएको बताए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top