सरकारले चाहेमा बेबसाइटहरू जुनसुकै बेला बन्द गर्न सक्ने

सरकारले चाहेमा बेबसाइटहरू जुनसुकै बेला बन्द गर्न सक्ने

काठमाडौं : इन्टरनेट सेवा प्रदायकले सरकारले चाहेको समयमा जुनसुकै बेबसाइट बन्द गर्नुपर्ने भएको छ ।

इन्टरनेट सेवा प्रदायकलाई यसअघि अश्लील बेबसाइट बन्द गर्न निर्देशन दिएको सरकारले अब जुनसुकै बेबसाइट पनि बन्द गर्न निर्देशन दिन सक्ने कानुनी व्यवस्थासहित नेपाल दूरसंचार प्राधिकरणले विनियमावली जारी गरेको छ ।

प्राधिकरणले संचालक समितिबाट स्वीकृत गराई सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा संचालनसम्बन्धी विनियमावली ०७७ मा सरकार र प्राधिकरणले चाहेको बेबसाइट बन्द गराउनुपर्ने सर्त राखेको हो ।

जानकारहरुका अनुसार यस्तो प्रावधान संविधान र कानुन विपरीत हो । सरकार र दूरसंचार प्राधिकरणलाई कुनै कानुनले यस्तो अधिकार नदिएको सूचना प्रविधि सम्बन्धी जानकार अधिबक्ता बाबुराम अर्यालले बताए ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.