×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रोकिएका परीक्षा सञ्चालन गर्न त्रिविले तयार पार्‍यो यस्ता चार विकल्प

६ श्रावण २०७७

काठमाडौं : कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज भइनसकेकोले परीक्षा र पढाई कहिलेदेखि सुचार गर्ने भन्नेबारे कुनै पनि विश्वविद्यालयले यकिन गर्न सकेका छैनन्।

त्रिविले परीक्षा सञ्चालनका लागि के कस्ता विधिहरु अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षाध्यक्षको कार्यालयले कार्यदल बनाएको थियो। कार्यदलले दिएको सिफारिसमा पढाई अनुसार परीक्षाको तरिका पनि बदल्नुपर्ने सुझाव उपकुलपति कार्यालयलाई दिएको छ।

Advertisement

परीक्षा पुरानै शैलीमा सञ्चालन गर्न सकिने, छुट्टै एप निर्माण गरेर विद्यार्थीलाई पनि त्यसैमा जोड्ने र त्यहीबाट परीक्षा चलाउने, सामाजिक दुरी कायम गरेर विद्यार्थीलाई नै उपस्थित गराएर परीक्षा चलाउने तथा क्याम्पसको आन्तरिक मूल्याङकनमा आधारित रहेर विद्यार्थीलाई नम्बर दिन सकिने विकल्प कार्यदलले दिएको छ। तर आन्तरिक मूल्याङकन भने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीलाई मात्र लागु गरिने त्रिविले जनाएको छ।

कार्यदलका सदस्यसचिव तथा त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, ‘सेमेष्टर वाहेकका परीषार्थीले आन्तरिक मूल्यांकनमा नजाने, बरु ढिलै भएपनि परीषामै सहभागी हुने इच्छा व्यक्त गरे। त्यसैले उनीहरुको लागि आन्तरिक मूल्याङन लागु हुँदैन।’

Advertisement

आन्तरिक मूल्याङकन गरेर नम्बर दिंदा कोरोना ब्याजको ट्याग लाग्ने भन्दै विद्यार्थीले चिन्ता व्यक्त गरेको पनि जोशीले बताए। परीक्षाका यि चारै विकल्पबारे आइतबार त्रिविका पदाधिकारीको वैठकमा छलफल भएको थियो। तर सरकारले साउन सात गतेसम्मको लागि लकडाउन जारी राखेकोले अहिले नै कुन विकल्प अपनाउने भन्नेबारे निर्णय भएको छैन।, यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top